सरकारले प्रतिवन्ध लगाएको दुई दिनमै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जनसत्ता प्रमुख तथा किराँत सभाका सभामुख बोझबहादुर खत्रीले पार्टी छाडेका छन् र
बिहीबार ओखालढुङ्गा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै खत्रीले पार्टीको जिम्मेवारी त्यागेको घोषणा गरेका हुन् । खत्रीले अब पार्टीसँग अब कुनै सम्बन्ध नरहने घोषणा गरे ।अब आफू मानवअधिकारकर्मी बनेर उत्पीडितको पक्षमा काम गर्ने समेत खत्रीले जानकारी दिए ।
खत्रीले पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा अस्पष्ट रहेको बताउँदै पार्टीको कुनै पनि जिम्मेवारीमा अब नरहको जानकारी गराए । उनले भने, ‘‘मुख्य कुरा कार्यदिशा प्रष्ट नभएको र बहुदलीय पद्धतिलाई स्वीकार गर्नुको विकल्प नभएकाले मैले पार्टीसँगको सम्बन्धविच्छेद गरेको हूँ ।’ विप्लवले आह्वान गरेको बन्दको प्रभाव ओखलढुङ्गामा भने शून्यप्रायः थियो ।




