कुनै समय धपक्कै बलेको जोमसोमको प्राचिन जोमसोम वस्ती बिकास संगै दिनप्रतिदिन ओझेलमा पर्दै गरिहेको छ ।परिवर्तित समय र बिकासको गति अनुसार पूर्वाधार बिकास नहुदा यो बस्ती आझेल परेको बताईन्छ ।
मुस्ताङको जोमसोम बजारको नाम संग अहिल पनि धेरै मानिस परिचित छन् ।जोमसोम बजारलाई समेटेर २ दशकअघि दिवंगत पर्यटन तथा नागरिक उड््यनमन्त्री रविन्द्र अधिकारीले जोमसोमे बजार,बाह् बजे हाावा सरर गीत लेखे अनि त्यसलाई नेपथ्यका अमृत गुरुङले गीत गाए ।
‘जोमसोमे बजार,बाह् बजे हावा सरर ,ए हजुर घर हाम्रो पोखरा’यो गित नेपाली संगित बजारमा अत्यधिक रुचाईयो ।
मुस्ताङको प्राकृतिक हावापानी,भूगोल,भेषभूषा ,मायाप्रेम र मुस्ताङ र पोखराबीचको जिवन्त संम्वन्धलाई जोड्न नेपथ्य ब्यान्ड तथा स्वर्गिय अधिकारीले महत्वपूण योगदान दिए ।अमृत गुरुङ यस्तै दुरदराजका पाखा पखेरु र भञ्ज्याङ संग जोडेर गीत र शब्द सृजना गर्न रुचाउछन् अनि त्यहाँका धार्मिक ,सास्कृतिक रहन सहन र भेषभूषालाई दृष्यमा कैद गर्छन ।यस गीतमा गायक गुरुङले जोमसोमको वास्तबिक तस्विर उतार्न त्यसताका सफल पनि भए ।
जोमसोम र मार्फा गाउँलाई नेपालभर चिनाउन गीती माध्यम मुख्य बन्यो ।बशन्ती लालचनको क्या राम्रो स्याउबारी मार्फा गावैमा र स्वर्गिय अधिकारीले जोमसोमे बजार कुनैकालखण्डका मुस्ताङ चिनाउने चर्चित गीत सावित भए।त्यसपछि अन्यले पनि मुस्ताङबारे शब्द रचना गर्ने थाले ।मार्फा कस्तो होला भन्ने लागेका मुस्ताङ आउने पर्यटकले मार्फाको प्राचिन बस्तीलाई सजिलै अवलोकन गर्न सक्छन ,किनकी यसमा कुनै कन्फ्युजम छैन।
तर,जोमसोमको प्राचिन बजार अवलोकन गर्न चाहने पर्यटकलाई भने जोमसोमको बास्तबिक बजारको पत्तोनै हुदैन ।यसैले सदरमुकाम समेत जोडिएको जोमसोम बजार पर्यटक बिहिन गुमनाम बनेको हो ।यहाँका पर्यटकले जोमसोम बजार भनेको पुथाङ एयरपोर्ट बजारलाई सम्झन्छन् ।जहाँ आधुनिक शैलीले बनेका होटल बाहेक केही हुदैन तर त्यो जोमसोम होईन ।
पुथाङ बजार बिशेषगरी पर्यटक बस्ने केन्द्रिकृत मुस्ताङको शहर हो ।मुस्ताङको सदियौकालबाट संरक्षित बजार जोमसोमको वास्तबिक नभेट््याउदा यहाँका पर्यटक दुखी हुने गरेका छन् ।प्राचिन जोमसोमको बिशेषता र यसको लोकेशन जानकारी नगराईदा जोमसोम गुमनाम बनेको जोमसोमका स्थानीय भिषण थकाली बताउँछन् ।उनी भन्छन् शब्द संग जोमसोमको जति क्रेज छ,त्यो हामी आफैले बास्तबिकता पस्कन नसकेको तितो पोखे । जोमसोमलाई पर्यटकीय हब बनाउन स्थानीयतह ,सरोकारवाला र स्थानीयबासीले भूमिका खेल्नुपर्ने सुझाए ।
जोमसोम बजारको वास्तबिक ऐना जोमसोम बजारको पुरानो काठेपुल तरेपछि पूर्वतर्फको गुजुमुच्च बाक्लो बस्ती नजिक आएपछि थाहा पाईन्छ ।एकआपसमा जोडिएका पुराना र प्राचिन घरहरुको बस्तीले जोमसोमको वास्तबिक पहिचान बोकेको पर्यटन व्यवसायी राकेश भट्टचनले बताए ।जोमसोम बजारको सुरुआत बजू्रदल गणको गेट कटेपछि सुरुहुन्छ ।तर जोमसोमको पुरानो बजारको श्रीपेच भनेकै काठेपुल पारीको गाउँ हो ।
केही थकाली,केही गुरुङ,केही ताङ्वेतानी र केही दलित समूदाय बसोबास घरधुरी रहेको जोमसोम धार्मिक सास्कृतिक रुपमा पनि महत्वपूर्ण छ ।यहाँका सबैजसो घर ढुङ्गा–माटोले निर्माण गरिएका छन् ।यसो त सबैका घरहरुको छत माथि सख्खर माटो बिच्छ्याईएको छ ।शहर बजारतिर सिमेन्ट र बालुवाले ढलान गर्ने गरिएतापनि यहाँका घरहरु पुरै माटोलेनै निर्मित भएको हो ।यस्ता घरहरु पछिल्लो समय बढी मात्रामा पानी पर्ने र हिमपात हुने आदीका कारण जोखिममा पर्न थालेका हुन् ।
मुस्ताङमा २०६३ सालबाट सडक संञ्जाल जोडिएपछि नयाँ घरहरु भने आधुनिक डिजाईनमा निर्माण हुन थालेका छन् ।जोमसोमको चारैतिर साँघुरो गल्ली छ ।घरका छतमाथि लस्करै सजाईएका दाउराले जोमसोमको सास्कृतिक सभ्यतालाई घनिभूत बनाएको छ ।जोमसोम बजार मिश्रित बस्ती हो ।यहाँका सबैजसोले बुद्ध धर्ममा आस्था राख्छन् ।घर माथि गाडिएका लुङ्ता(बुद्धिस मन्त्रको झन्डा) हावाको वेगमा फहराउदा साँच्चै जोमसोमको परिचय यहीबाट खुल्छ ।
जोमसोम बजारमा बसोबास गर्ने सबैका अलग अलग भाषा र सभ्यता छ ।तर,समाजमा मिलेर काम गर्ने र परेका बेला आपसमा सघाउने चलनचल्ती पुरानो मान्यता हो ।स–सानो गोरेटो गल्ली ,यही गल्लीमा गोरु झोपा र किसानको ओहोर दोहोर ,खेति गर्ने तौर तरिका बेग्लै प्रकारको छ ।
मुखियाको अगुवाईमा समाजका हरेक गतिबिधि संञ्चालन हुने जोमसोमको सामाजिक स्टोरी हो ।जोमसोम बजार नजिकै भीरपाखामा लस्कर राखिएका मनुष्य स्तुफा हेर्न लायक छ ।हरेक चाडपर्वमा सबै समाजका अभियान्ताहरु मिलेरनै सहकार्य गर्ने परम्परा कायमै छ ।
पछिल्लो समय मुस्ताङमा पर्यटकको आगमन बढेपनि जोमसोम बजारका स्थानीयले कनै फार्ईदा लिन नसकेको स्थानीय यूवा अजित थकाली बताए ।उनले जोमसोमको पर्यटन पूर्वाधारमा ध्यान पू¥याउन सकिए यहाँका स्थानीयले आर्थिक लाभ लिन सक्ने दावी गरे ।




