प्रतिबन्धित नेकपा बिप्लप समूहले आह्वान गरेको नेपाल बन्दको प्रभावको मुस्ताङमा आशिंक परेको छ ।
बन्दकै कारण मुस्ताङबाट काठमान्डौं,सुनौली,पोखरा र बेनी जाने लामो दुरीका कुनैपनि सवारी साधन चलेनन्् ।यसअघि मुस्ताङबाट छुट््ने घोडाघोडी यातायात,म्याग्दी कोरला ,मुक्तिनाथ यातायात प्रालि र धौलागिरी यातायात प्रालिका बस तथा जीप छुुट््ने गरेतापनि बिहिबारको बन्द कारण जोमसोममै रोकिए ।
मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी बिश्वश्वर रेग्मीका अनुसार मुस्ताङमा बन्दको प्रभाव शुन्य रहेको जानकारी दिए ।उनका अनुसार स्थानीय रुढ यातायात लगायत लामो दुरीमा चल्ने केही सवारी साधन भने चलेको उनको भनाई छ ।
यस्तै,म्याग्दी कोरला यातायात प्रालि जोमसोमका कर्मचारी पेमाछेतेन बिकले जोमसोमबाट कुनै पनि लामोदुरीका सवारी साधन नचलेको बताए ।उनले जोमसोम देखि पोखरा ,काठमान्डौं लगायतका स्थानमा दैनिक छुट््ने आधा दर्जन सवारी साधन ठप्प हुदाँ गन्तब्यमा पुग्ने यात्रु जोमसोममै अलपत्र परेको जानकारी दिए ।
बिप्लप समूहको नेपाल बन्द आह्वान भएपनि मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ चल्ने बिभिन्न सवारी साधन भने नियमित भएको छ ।यस्तै जोमसोम देखि कागबेनी,छुसाङ र जोमसोम देखि मार्फा,टुकुचे,कोवाङ,लेते ,घाँसा सम्मको रुटमा साविक अनुसारनै यातायातका साधन चलेको बताईएको छ ।मुस्ताङमा बन्दकर्ताको प्रभाव छैन ।
मुस्ताङ सदरमुकाम जोमसोम लगायत जिल्लाका सबैजसो स्थानका होटल तथा रेष्टुरेन्ट,किराना पसल र यातायातका टिकट काउन्टर खुल्ला रहे ।तर,बन्दकै कारण जोमसोममा पर्यटकको चहलपहल न्यून रह्यो ।
मुस्ताङका शिक्षण संस्थालाई बन्दको प्रभाव परेन ।यहाँका पुरै बिद्यालयमा शैक्षिक पठन÷पाठन नियमित संञ्चालन भएको शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुख मतिलाल चपाईले जानकारी दिए ।




