पोखराका दुई प्याराग्लाईडिङ उडान वन्द

पोखराका दुई प्याराग्लाईडिङकाे उडान वन्द गरिएको छ । दर्ता नै नगरी उनीहरुले उडान भरेपछि पोखरा महानगरपालिकाले उनीहरुको उडान वन्द गरिदिएको हो ।

दर्ता नै नगरी संचालनमा आएका एड्भान्स प्याराग्लाइडिङ र गोल्डेन हेभन प्याराग्लाइडिङलाई उडानमा रोक लगाइएको जानकरी पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालल सुवेदीले जानकारी दिए । कास्कीको सराङकोट, तोरीपानी, डिकीडाँडा र मान्द्रेढुंगावाट प्याराग्लाइडिङ उडाउने अनुमति छ तर अनुमति बिनाका डाँडावाट पनि उडान गर्ने गरिएको छ ।

महानगर पालिकाले प्याराग्लाईडिङ कम्पनीलाई नवीकरण गर्न र दर्ता गर्न १५ दिनेको समय दिएको भएपनि यस १५ दिनमा ३५ याराग्लाइडिङ व्यवसाय दर्ता र नवीकरण भएको जानकारी सुवेदीले दिए । व्यवसाय स्वीकृति लिन फागुन २२ गतेसम्म समय तोकिएको थियो ।

नवीकरण र राजस्व नगर्ने कुनै पनि कम्पनीले अब उडान भर्न पाउने छैनन । पोखरामा ५६ वटा प्याराग्लाइडिङ कम्पनीले उडाउन स्वीकृति पाएको भएपनि केही निस्कृय छन् । प्याराग्लाइडिङ कम्पनीबाट महानगरले प्रति कम्पनी दर्ता तथा नवीकरणको ८६ हजार र प्रदेश सरकारले १ लाख रुपैयाँ लिनेछ । महानगरले प्रति प्याराग्लाइडिङ कम्पनीबाट वार्षिक २५ हजार र प्रदेश सरकारले वार्षिक १ लाख पर्यटन कर तोकेको छ ।