मुस्ताङको पैरोथाप्ला, घाँसे पाखोमा लागेको डढेलो नियन्त्रण हुँदै

- ब्रेकिङ न्यूज

मुस्ताङ र म्याग्दीबीचको सीमावर्तीक्षेत्र घाँसाको पैरोथाप्लामा आगोलागी डढेलो लागेको छ ।गएराति पैरोथाप्ला पुल देखि खोल्सो माथिको घाँसे पाखोमा आगोलागी (डढेलो)लागेको प्रहरी चौकी घाँसाले जनाएको छ ।


खोला किनारा देखि खोल्सो माथिको करिव ५ मिटर दुरीमा आगो फैलिएको थियो ।पैरोथाप्ला पाखोमा शनिबार राति डढेलो देखेपनि सुरक्षाकर्मीको टोली आईतबार आगो नियन्त्रणमा लिन पैरोथाप्ला पुगेको प्रहरी चौकी घाँसाका सहायक प्रहरी निरीक्षक गोपाल खत्रीले जानकारी दिए ।

डढेलो नियन्त्रणमा लिन नेपाल प्रहरी,नेपाली सेना र स्थानीयबासी पैरोथाप्ला पुगेको खत्रीको भनाई छ ।उनका अनुसार आगोलागीबाट कुनै मानविय क्षति र जंगलका रुख बिरुवालाई असर नपुगेको बताए ।

‘घाँसे पाखोमा डढेलो लागेको हो,जंगल र बस्ती सुरक्षित छ,’उनले भने,‘आगो निभाउन प्रयास ग¥यौ,अझै पुरै नियन्त्रणमा आएको छैन ।


प्रहरीले घाँस पलाउने आशामा कसैले आगो सल्काएको हुन सक्ने आंशका गरेको छ ।।