जोमसोम बजारका होटलहरुको गुणस्तर अभ्यास अनुगमन

हिमालपारीको पयटकीय शहर मुस्ताङको जोमसोम बजारमा संञ्चालित होटलहरुको सोमबार अभ्यास अनुगमन गराईएको छ ।


स्वास्थ्य सेवा बिभाग,ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा भएको राजमार्गमा संञ्चालित रेष्टुरेन्टमा हुने खानाको गुणस्तर निगरानी दुईदिने कार्यशाला अन्तर्गत अभ्यास अनुगमन गराईएको हो ।


जोमसोमको ब्लु माउन्टेन गेष्टहाउसमा भएको उक्त कार्यशालामा जिल्लाका ५ वटै स्थानीयतहका जनप्रतिनिधि तथा कर्मचारी,शिक्षक,बिद्यार्थी,नागरिक समाज,स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र पत्रकार लगायतको सहभागिता रहेको छ ।

कार्यशालाको दोश्रो दिन सहभागिहरुलाई फिल्ट बजार अनुगमन गराईएको हो । स्वास्थ्य सेवा बिभाग,ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तयार गरेको राजमार्ग होटल तथा लजमा आवश्यक पूर्वाधारहरु अनुसार संञ्चालन भएनभएको प्रश्नावली सहित अनुगमनमा खटाईएको हो ।


५ वटै स्थानीयतहको अलग अलग टोली र अन्य समूह समावेश रहेको २ टोली समेत गरी कुल ७ समूहमा बिभाजन गर्दै अनुगमन गराईएको स्वास्थ्य बिभागका उपसचिव शम्भु ज्ञवालीले जानकारी दिए ।जोमसोमको पुथाङ एयरपोर्ट देखि जनहित मावि जोमसोम सम्मका १४ वटा होटलमा पुगेर गुणस्तर मापदण्डबारे स्थलगत अनुगमन गरे ।


दुई दिने कार्यशालाका क्रममा उपसचिव ज्ञवाली खाद्य सुरक्षा लाई चुस्त राख्न स्थानीयतहको जिम्मेवारी रहेको बताए ।कार्यशाला आजै सकिदै छ ।