समाचार

सेनाद्धारा अर्घाखाँचीमा बम डिस्पोज

अर्घाखाँचीमा सदरमुकममा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको छ । बिहान ८ बजेतिरको समयमा बाटिकामा झुण्ड्याइएको अवस्थामा प्रहरीले फेला पारेको बम नेपाली सेनाले डिस्पोज गरेको हो । सदरमुकाम सन्धिखर्क चुत्राबेशीको व्यस्त चोकमा भेटिएको बम नेपाली सेनाले सुरक्षित स्थानमा डिस्पोज गरेको जिल्ला प्रहर िकार्यालय, अर्घाखाँचीले जनाएको छ । प्रहरीका अनुसार बम नेकपा विप्लवले राखेको अनुमान छ । उक्त स्थानमा सुरक्षा व्यवस्था अहिले थप कडा पारिएको छ । पुरा पढौ

पत्रकार उज्जवल जंग शाहमाथि सांघातिक हमला

कोर्पोरेट खबरका सम्पादक उज्जवल जंग शाहमाथि काठमाडौं मल परिसरमा सांघातिक आक्रमण भएको छ । मलस्थित फेसियल हाउसबाट घर फर्कन लागेका शाह माथि प्रकाश कुमार श्रेष्ठसहित ८/९ जनाको समूहमा रहेको १ टोलीले आक्रमण गरेको जानकारी शाहले दिए । आक्रमणबाट उनको शरीरमा चोट पटक लागेको छ । शाहको हाल नर्भिक अस्पतालमा उपचार भईरहेको छ । शाहले काठमाडौं मलमा आर्थिक अपचलन भएको बिषयलाई जोडदार रुपमा उठाउँदै आएका थिए । शाह माथि संघातिक हमला… पुरा पढौ

मुख्यमन्त्री प्रेसप्रति अनुदार भएको युनियनको आरोप

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारलाई बेवास्ता गरेको भन्दै नेपाल प्रेस युनियन कास्कीले सो घटनाको निन्दा गरेको छ । युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा पोखराका पत्रकार अर्जुन गिरीलाई पक्राउ गरी हिरासतमा राखिएको घटनाबारे मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराउन पुगेका पत्रकारलाई बेवास्ता गरिनु दुःखद विषय भएको उल्लेख छ । आफ्ना गतिविधि प्रचार गर्दा सैयौं पत्रकार चाहिने तर पत्रकारका विषयमा जानकारी लिन भने केही संख्यामा मात्रै बोलाएर अन्य… पुरा पढौ

बलात्कार आरोपी सुन्दर कुमार श्रेष्ठ धरौटीमा छुटे

१६ वर्षीय किशोरीलाई बलात्कार आरोपमा पक्राउ परेको पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ धरौटीमा छुटेका छन् । जिल्ला अदालत कास्कीले बुधबार उनलाई ५ लाख रुपैयाँ धरौटी लिएर उनलाई छाडेको हो । अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको इजालसले श्रेष्ठलाई धरौटी लिएर छाड्न आदेश दिएको हो । यौन दुव्र्यवहारको आरोपमा उनीसंगै पक्राउ परेका एनआइसी एशिया बैंकका शाखा प्रमुख सुवास सुवेदी यसअघि नै धरौटीमा छुटेका थिए । श्रेष्ठ र सुवेदी चैत… पुरा पढौ

३ दिन सतर्क भएर बसौं है !

जल तथा मौसम पूर्वानुमान महाशाखाले अबको ३ दिन मौसम खराब हुने जनाएको छ । इरान, पाकिस्तान र भारत हुँदै सोमबार भित्रिएको पश्चिमी वायुले मौसम प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ । विभागको अनुसार बुधबारबाट पश्चिमी वायु झन् सक्रिय हुने भएकाले मेघ गर्जन, चट्याङ, गड्याङगुडुङ र असिनासँगै वर्षा हुनेछ । बुधबार दिउँसो देशैभरी सामान्यदेखि पूर्ण बदली हुने र पश्चिम क्षेत्रका अधिकांश क्षेत्रहरूमा तथा पूर्वी तथा मध्य क्षेत्रका थोरै… पुरा पढौ

पत्रकार पुष्करलाल श्रेष्ठको निधन

नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक पुष्कारलाल श्रेष्ठको निधन भएको छ। उनको आज बिहान बिहान ११:५९ मिनेटमा ६० वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। कामना न्युज पब्लिकेसन प्रालिका अध्यक्षसमेत रहेका उनी पाँच महिनायता उपचाररत थिए। नाकमा समस्या भएपछि वयोधा हस्पिटलमा उनको उपचार गरिएको थियो भने मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो। भारतको मेदान्त अस्पतालमा दुई महिना बसेका श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि काठमाडौं फर्काइएको थियो।  पुरा पढौ

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

वरिष्ठ पत्रकार एवम् कामना न्युज पब्लिकेशनका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ । श्रेष्ठको उपचारको क्रममा राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधवार निधन भएको हो । श्रेष्ठको पार्थिव शरीरलाई आज साढे १२ बजेदेखि भूगोलपार्कस्थित निवासमा राखिएको छ भने दिउँसो ३ दिने पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । केही महिनाअघि नाकको र मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएकोमा त्यस बेलासम्म उनको स्वास्थ्य स्थिति सामान्य रहे पनि मिर्गौलाको पत्थरीको… पुरा पढौ

मुस्ताङका शिक्षक तथा जनप्रतिनिधिलाई ४ दिने अभिमुखिकरण तालिम

मुस्ताङका शिक्षक, जनप्रतिनिधि तथा सरोकारवालालाई अभिमुखिकरण तालिम सुरु भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम (ईजिआरपि)लाई प्रभावकारी तुल्याउने उद्देश्यले मुस्ताङ सदरमुकाम जोमसोममा ४ दिने कार्यक्रम सुरु भएको हो । अमेरीकी सहयोग नियोग युएसआईडीको प्राविधिक सहयोग तथा नेपाल सरकारको विशुद्ध कार्यक्रम भएकाले यसको अपनत्व तीनै तहका सरकारले लिनुपर्ने जनाईएको छ ।ईजिआरपि कार्यक्रम अन्तर्गत मुस्ताङमा पाईला नेपाल संस्थाले प्राविधिक साझेदारी गरेको हो ।सुरुआति ६ जिल्लामा सघन रुपमा संञ्चालन भएपनि यसलाई १६… पुरा पढौ

अन्नपूर्ण लायन्स क्लबमा प्रदीपकुमार

लायन्स क्लब अफ पोखरा अन्नपूर्णको बर्ष २०१९/०२० का लागि नयाँ कार्यसमिति चयन भएको छ । क्लबको अध्यक्षमा प्रदीप कुमार राजभण्डारी चयन भएका छन् । यसैगरी क्लबको प्रथम उपाध्यक्षमा डा.गोपीलाल श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सूर्यप्रसाद बराल, तृतीय उपाध्यक्षमा विजय पौडेल, सचिवमा गणेश छवी, सहसचिवमा विष्णुकुमार गुरुङ र कोषाध्यक्षमा लेखराज हमाल चयन भएका छन् । यसैगरी क्लबको टेमरमा सुरेश गुरुङ, पिराओमा हुमबहादुर गुरुङ टेलट्वीष्टर सुमन थापा, क्लब एडमिनिस्ट्रेटरमा कृष्णप्रसाद श्रेष्ठ, सदस्यता निर्देशक रबिन्सन… पुरा पढौ

लोकसेवा आयोगले गर्यो निजामतितर्फ ५ हजार भन्दा बढी पदमा भर्ना

लोकसेवा आयोगले यो वर्ष विभिन्न तहका लागि निजामतीतर्फ ५ हजार ९७० विभिन्न पदका लागि विज्ञापन गरी पदपूर्ति गरेको छ । त्यसैगरी संगठित संस्थातर्फ आयोगले ४७ संस्थाको विभिन्न तहका १ हजार ६७१ विज्ञापनबाट १६ हजार ५० पदका लागि लिखित परीक्षा सञ्चालन गरेको छ । संविधानको धारा २४३ मा आयोगले संघीय निजामति सेवाको शर्त सम्वन्धी कानून, निजामति सेवाको पदमा नियुक्ति, सरुवा, बढुवा वा विभागीय कारबाही गर्दा परामर्श लिनुपर्ने र सम्वन्धित निकायले सोको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं