समाचार

नयाँ वर्षको भोलिपल्ट पनि सार्वजनिक बिदा

सरकारले आगामी वैशाख २ गते परेको सिरुवा पर्वका लागि तराईका पाँच जिल्लामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा २०७६ साल बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले उक्त सूचना पाँच वटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिसकेको छ ।  सरकारले अघिल्लो बर्ष सिरुवा पर्वको बिदा कटौती गरेपछि आदिवासी समुदायले त्यसको विरोध गर्दै विदाको माग गरेका… पुरा पढौ

साँढे ३ करोडको तीन तले मुस्ताङ प्रशासन भवन बन्ने

साविकको जिल्ला प्रशासन कार्यालय भवनको संरचना मासेर नयाँ कार्यालय भवन निर्माण हुँदैछ ।नेपाल सरकार गृह मन्त्रालयले चालुवर्ष बिनियोजन गरेको ३ करोड ५६ लाख बजेट मार्फत सुविधा संम्पन्न प्रशासन भवन निर्माण गर्नेकार्य अघि बढेको प्रजिअ गंगाबहादुर क्षेत्रीले जानकारी दिए । ३ तले आधुनिक शैलीमा निर्माण गरिने उक्त पक्की भवन बनाउने जिम्मा सन्तकिरात जेभीले लिएको हो ।भौगोलिक हिमाली जिल्ला भएकाले चिसो थेग्न सक्नेगरी भवनको भित्र भागमा काठ र माटोको प्रयोग गरिने र… पुरा पढौ

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपर र मोटरसाइकल एकापसमा ठोक्किँदा नुवाकोटको बट्टारमा आज एक जनाको मृत्यु भएको छ। बट्टारबाट गङ्गटेतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा विदुर नगरपालिका–२ का दिवाकर खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर पल्लीमगरले जानकारी दिए। प्रहरीका अनुसार टिपरको ठक्करबाट ना३३प ३४६६ नंंको मोटरसाइकल चालक २३ वर्षीय खनालको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलमा सवार मुन्ना गुप्ता सामान्य घाइते भएका छन्।  दुर्घटनापश्चात आक्रोशित स्थानीयवासीले ठक्कर दिने बा५ख २८९८… पुरा पढौ

विप्लवका मकवानपुर इञ्चार्ज सहित २ पक्राउ

विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–८ फायरलाईनवाट प्रहरीले बिहीवार राति उनीहरुलाई पक्रेको हो । सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका ज्वालासहित अर्का एक जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।प्रहरीले पक्राउ गरेको औपचारिक रुपमा भने सार्वजनिक गरेको छैन । यसअघि मकवानपुर प्रहरीले विप्लव समूहका कार्यकर्ता भएको आरोपमा चार जनालाई पक्राउ गरेर… पुरा पढौ

मुक्तिनाथमा हाईअल्टिच्युड बिरामीलाई उपचारको अभाव

पोखरा भद्रकालीकी प्रीति गुरुङ आफ्ना सहकर्मी साथीसहित सोमबार मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आईन् ।पोखरा देखि स्कर्भियो जीप लिएर मुस्ताङ आएका उनीहरु सोही दिन जोमसोममै बसे । भोलीपल्ट बिहानै मुक्तिनाथ दर्शन गर्न पुगेका उनीहरु दिउँसो हस्याङफस्याङ गर्दै जोमसोम अस्पताल झरे । अस्पताल आएका उनीहरु आकस्मिक कक्षमा पुगे ।यसको कारण थियो प्रीतिलाई हाईअल्टिच्युड अर्थात लेक लागेर बिरामी परेकी रहिछन् ।उनलाई तुरुन्तै अस्पतालमा भर्ना गरियो ।केहीबेरमै होस आएपछि उनी निको भईन् । प्रीतिका… पुरा पढौ

पाकिस्तानमा बम विस्फाेट, १६ काे मृत्यु

पाकिस्तानकाे बलुचिस्तान प्रान्तकाे राजधानी क्वेटाकाे हजारगंज क्षेत्रमा बम विस्फाेट भएकाे छ । विस्फाेटमा परी १६ जनाकाे मृत्यु भएकाे छ ।  स्थानिय प्रहरीका अनुसार शुक्रबार बिहान करिब ८ बजे हजारगंजकाे तरकारी बजारमा विस्फाेट भएकाे थियाे । घाइतेकाे संख्या यकिन गर्न सकिएकाे छैन । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएकाे छ । उक्त क्षेत्रमा अहिले प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे छ ।  पुरा पढौ

बैशाखदेखि सगरमाथा सफाइ सुरु

  बैशाखदेखि सगरमाथा सफाइ गरिने भएकाे छ । सफाइ अभियान १२ औं अन्तर्राष्ट्रिय सगरामाथा दिवसको अवसरमा अप्रिलदेखि जुन महिनासम्म सञ्चालन गरिने छ । आगामी अप्रिलदेखि जुन महिनासम्म ४५  दिन ‘सगरमाथा क्लिनिङ क्याम्पियन-२०१९’ आयोजना गर्न लागिएको हो ।  बिहीबार पत्रकार सम्मेलन गरी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, खुम्बु पासाङल्ह्यामु गाउँपालिका तथा नेपाली सेना, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको संयुक्त आयोजनमा सगरमाथा… पुरा पढौ

४ दिनमा ६४ ले लिए मलेशियाका लागि श्रम स्वीकृति

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिए । “सरकारले खुला गरेपछि मलेशिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ”, उनले भने । सरकारले जेठदेखि मलेशिया जाने कामदारलाई श्रम स्वीकृति दिन… पुरा पढौ

‘फेवा नव वर्ष महोत्सव शुक्रवारदेखि सुरु

नयाँ वर्षको अवसर पारेर पोखराको फेवा किनारमा गर्न लागिएको ‘फेवा नव वर्ष महोत्सव २०७६’को तयारी पूरा भएको छ । पश्चिमाञ्चल होेटल सङ्घद्वारा आयोजना गर्न लागिएको उक्त महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । कोमागाने पार्कमा गर्न लागिएको उक्त त्रिदीवसीय १६ औँ संस्करणको महोत्सवमा खानाका परिकार, संस्कृति र संगीतलाई विशेष प्राथामिकता दिइएको छ । महोत्सव शुक्रवारदेखि सुरु हुदै छ । महोत्सवको अवलोकन पर्यटक र अन्य आगन्तुक… पुरा पढौ

खेलकुद ऐन बन्न नसक्दा योजना कार्यान्वयनमा समस्या:मन्त्री पुन

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय यतिबेला खेलकुदका योजना बनाउन व्यस्त छ । पाँच वटा योजनालाई प्राथमिकतामा राखेको छ । प्राथमिकतामा राखेको योजनालाई कार्यान्वयनमा लैजान भने खेलकुद ऐन नहुदाँ समस्यामा परेको छ । सामाजिक विकास मन्त्री नरदेवी पुनले खेलकुद नियमावली नहुदाँ योजनालाई मूर्त रुप दिन नसकिएको स्पष्ट पारिन् । ‘खेलकुद ऐन ल्याउन आवश्यक छ । खेल ऐन नहुदाँ समस्या परेको छ ।’ मन्त्री पुनले बिहीबार पोखरामा आयोजित अन्तराष्ट्रिय खेलकुद दिवसको सन्दर्भमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं