समाचार

बारामा फेरी हावाहुरी र असिना पानी

बारा । बारामा मंगलबार बिहान फेरि हावाहुरी र असिना पानी आएको छ । हावाहुरी सँगै आएको असिना पानीले केही ठाउँमा बिजुलीका पोल ढलेका छन् भने केही स्थानमा घरका छाना उडाएको छ । गतसाताको हावाहुरीबाट घर भत्किएर त्रिपालमा बसेका परिवार आजको हावाहुरीपछि फेरी त्रसित बेनका छन् । त्रिपालमा बसेका हावाहुरी पिडित अहिले झन् समस्यामा परेका छन् । बिहान ८ देखि करिब ९ बजेसम्म हावाहुरी , अशिनापानी परेपछि विद्युतीय पोल ढल्दा साढे… पुरा पढौ

विप्लव कार्यकर्ताले गरे आत्मसमर्पण

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बर्दियाका जिल्ला सदस्यले स्थानीय प्रशासन समक्ष आत्मसमर्पण गरेका छन् । नेकपा विप्लव पार्टीका पूर्विजिल्ला सदस्य ठाकुरबाबा नगरपालिका–७ का ४७ वर्षीय यज्ञप्रसाद सापकोटाले जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रशासन कार्यालय गुलरियामा आफै उपस्थित भएर पार्टीको कुनै पनि भूमिकामा नरहने उल्लेख गर्दैै अब उप्रान्त पनि विप्लव पार्टीमा कुनै संलग्नता सम्बन्ध नभएको र सोमबारदेखि नै सम्बन्धविच्छेद गरेको सापकोटाले बताएका छन् ।… पुरा पढौ

आज बिहान भूकम्पको धक्का महसुुस

सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । आज बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु भएर ३ दशमलव ६ रिक्टर स्केलको परकम्प गएको हो । यसअघि चैत ४ गते पनि भारत र चीनको सीमाआसपास दार्चुलाको लिपुलेक केन्द्रविन्दु भएर लगातार तीन पटक परकम्प गएको थियो… पुरा पढौ

देशका अधिकांश स्थानमा वर्षा , केही दिन मौसम सफा नहुने

पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सम्मिश्रणको प्रभावले पुनः वर्षा दोहोरिएको मौसमविद् मञ्जु बासीले बताईन् । अहिले पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र वर्षा भइरहेको मौसमविद् बासीले बताइन ।  आज देशभरि नै हल्कादेखि मध्यम खालको वर्षा हुने बताइएको छ । प्रिमनसुनको समयमा मध्याह्नपछि मेघगर्जन,… पुरा पढौ

अबको नयाँ वर्ष विकासको वर्ष : कोइराला

गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले सरकार गठनको १ वर्षमा नीति र पूर्वाधार निर्माणले पूर्णता पाएको बताएका छन् । भरतपोखरी विकास मञ्चद्वारा आयोजित शुभकामना आदान प्रदान तथा नयाँ वर्ष २०७६ को क्यालेन्डर विमोचन गर्दैै नयाँ वर्ष विकासको वर्ष हुने बताए । विकासले वर्षा गर्छ, उनले भने, ‘नयाँ वर्ष नयाँ जोस् र जाँगरले नेपालले फड्को मार्छ ।’ नयाँ वर्ष ‘सुखी नेपाली समृद्ध नेपाल’ को अभियानलाई अघि बढाउन… पुरा पढौ

गण्डकी प्रदेशमा तीन विधेयक प्रमाणिकरण

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका तीन वटा विधेयक प्रमाणिकरण गरेका छन् । प्रदेश प्रमुख कुवँरले ‘ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक’,‘प्रदेश औद्योगिक व्यवसाय विधेयक’ र ‘गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार प्रमाणिकरण गरेका हुन् । ‘ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक’ फागुन २७ गते ‘प्रदेश औद्योगिक व्यवसाय विधेयक’ चैत १ गते र ‘गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन)… पुरा पढौ

मुस्ताङमा प्रभुको ४ ठाउँमा शाखा रहित बैकिङ

हिमाली जिल्ला मुस्ताङका बिभिन्न स्थानमा प्रभु बैङ्कले शाखा रहित बैङ्किङ कारोबार सुरु गरेको छ ।स्थानीय जनताको सुविधा तथा बैकिङ पहुँच बढाउन सेवा बिस्तार गरेको जनाएको छ । प्रभुले गत बिहिबार र शुक्रबार जिल्लाका ३ स्थानीयतहको ४ ठाउँमा सेवा फराकिलो पारेको जनाएको छ ।बैङ्कका अनुसार थासाङ गाउँपालिकाको लेते र टुकुचे,घरपझोङ गाउँपालिकाको मार्फा र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनीमा शाखा रहित सेवा प्रवाह सुरु गरेको बताएको छ ।बैङ्कले शाखा रहित सेवा संञ्चालन गर्न… पुरा पढौ

लिबियामा भीषण भिडन्त, ३२ जनाको मृत्यु

लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् । राष्ट्रसङ्घ समर्थित लिबियाली सरकारका स्वास्थ्य मन्त्री अहमिद ओमारका भिडन्तमा हफ्तार समर्थित १४ जना लडाकू समेत मारिएको जानकारी दिए । आइतबार पनि त्रिपोली नजिक हफ्तार समर्थित लडाकूहरु र अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारबीच भिडन्त भएको थियो । राजधानी कब्जा गर्ने उद्देश्यसहित दुबै पक्षबाट हवाई आक्रमण समेत भएका थिए । संयुक्तराष्ट्र सङ्घ… पुरा पढौ

बस दुर्घटना ४ जनाको मृत्यु

धनकुटाबाट धराउ आउँदै गरेको बस धरानमा दुर्घटनाहुँदा चार जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्। धनकुटाको चौबिसे गाउँपालिका बुधबारेबाट धरान आउँदै गरेको को २ ख २७१३ नम्बरको बस धरानको जिरोप्वाइन्टमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चालक चक्रबहादुर गुरुङ र यात्रु बलबहादुर मगरको पहिचान खुलेको छ भने एक महिला र उनकी छोरीको नाम खुल्न सकेकाे छैन। घाइतेहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको… पुरा पढौ

बाबालाई चिट्ठी लेखेर छोराछोरी र आमाले एकै साथ गरे आत्महत्या, यसो भन्छन छिमेकी

चितवनको भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका छन् । गत विहिबार ३४ वर्षीया माया आलेमगरसँगै उनको १५ वर्षिया छोरी विनिता मगर र १३ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेका हुन्। घट्ना हुँदा मायाका श्रीमान भने राजधानी मै थिए।मृतक मायाको श्रीमान नरबहादुर आलेमगर नेपाली आर्मी, काठमाडौँमा कार्यरत छन्। घरभित्र एकै स्थानमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा छिमेकिले देखेका थिए। छिमेकी भुवन प्रसाद… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं