समाचार

लायन्स लेखनाथ सिटीमा उदीपराज

लेखनाथमा लायन्स क्लब अफ लेखनाथ सिटी गठन गरिएको छ । उदीपराज ढुंगानाको नेतृत्वमा क्लब गठन भएको हो । क्लब प्रथम उपाध्यक्ष सुजन रानाभाट, द्वितीय उपाध्यक्ष शिवजी ढुंगाना, तृतीय उपाध्यक्ष सुवास तिवारी, सचिव कृष्णप्रसाद तिमिल्सिना, कोषाध्यक्ष शरिशरण ढुंगाना (विनायक), सहसचिव अर्जुन धिताल र सहकोषाध्यक्ष कैलाश पौडेल चयन भएका छन् । क्लब टेमरमा नवीन सापकोटा, टेल टुइस्टरमा आकास बस्नेत, एलसिआइएफ कोर्डिनेटरमा दीपेश बराल, स्वास्थ्य निर्देशकमा रोस्वीन थापा र मेम्बरसीप चियरपर्सनमा प्रविन रानाभाट… पुरा पढौ

अफगानिस्तानमा बम विस्फोट, ५ जनाको मृत्यु

 पूर्वी अफगानिस्तानमा अमेरिका र नेटोआवद्ध संयुक्त गठबन्धन सेनाको बाग्राम हवाई अखाडा नजिकै भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार बम आक्रमणमा ज्यान गुमाउनेमा तीन अमेरिकी सैनिक, एक अमेरिकी ठेकेदार र एक आतङ्ककारी समूहका सदस्य रहेका छन् । बाग्राम हवाई अखाडा नजिकै सोमबार साँझ भएको यस आक्रमणमा घाइते भएका अन्य अमेरिकी सैनिकलाई उपचारको लागि अस्पतालमा भर्ना गरिएको छ ।  पार्वान प्रान्तको… पुरा पढौ

बारपाकमा बैशाख १२ गते सार्वजनिक बिदा

आगामी वैशाख १२ गते गोरखा भूकम्पको चार वर्ष पुग्दै छ । गोरखा बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प दिवसको दिन सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिइएको छ । बारपाक सुलिकोट गाउँपालिकामा पर्छ । सुलिकोट गाउँपालिकाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो दिन गाउँपालिकास्थित सरकारी एवं सार्वजनिक कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ । गोरखा भूकम्पको स्मृति दिवसका रूपमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो । सो भूकम्पबाट सुलिकोट गाउँपालिका १… पुरा पढौ

दोलखा केन्द्र बनाएर भुकम्प

दोलखा केन्द्र भएर आज अपराह्न भुकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपराह्न एक बजेर ५ मिनेट जाँदा दोलखाको चाँखु केन्द्र बिन्दु बनाएर ४.२ म्याग्निच्यूड्को भुकम्प गएको केन्द्रले जनाएको छ । आजै बिहान सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुस गरिएको थियो । बिहान ८ बजेर ३७ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस गरिएको थियो । केन्द्रको सुर्खेत शाखाका अनुसार बैतडी र दार्चुलाको सीमाक्षेत्र आसपास केन्द्रविन्दु… पुरा पढौ

माधवकुमार नेपाल अस्पताल भर्ना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । विगत तीन दिनदेखि अस्वस्थ भएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् । नेता नेपाललाई खोकी र ज्वरोले च्यापेपछि अस्पताल भर्ना गरिएको हो । तीन दिनको उपचारपछि नेता नेपालको आजै डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ । नेता नेपाल केही दिनअघि वारा, पर्सा र रौतहटका विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यहि क्रममा उनलाई… पुरा पढौ

लिबियामा द्वन्द्व चर्किएपछि सुरक्षाको जिम्मा नेपाली सेनालाई

अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहा रहेका अमेरिकी फौजलाई अस्थायी रुपमा अन्यत्र सारिएपछि सुरक्षाको जिम्मा नेपाली सेनाको काँधमा आएको छ । द्वन्द्वका कारण भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रले रिभर्ज फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ । लिबियाको अवस्था एक्कासी बिग्रिएपछि शान्ति सेनामा खटिएका सुरक्षाकर्मीलाई त्रिपोलीबाट अन्यत्रै सारिएको भारतीय विदेशमन्त्री सुष्मा स्वाराजले पुष्टि गरेकी छिन् । राजधानी त्रिपोलीमाथि कब्जा जमाउने उद्देश्यले विद्रोहीले आक्रमण थालेपछि निम्तिएको संकटले अमेरिकी र भारतीय… पुरा पढौ

बाबुबाटै छोरी बलात्कृत

विगत दुई वर्षदेखि धम्की देखाएर सौतेनी छोरीलाई बलात्कार गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  चाँगुनारायण नगरपालिका–२ दुवाकोटमा डेरा गरी बस्ने कक्षा ९ मा अध्ययनरत १५ वर्षे सौतेनी छोरीलाई चैत १४ गते अपराह्न ४ बजे कोठामा बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमीले रामेछाप उमाकुण्ड गाउँपालिका–७ का ३५ वर्षीय रमेशकुमार बस्नेतलाई पक्राउ गरेको हो । छोरी बलात्कार गर्ने बाबुविरुद्ध किशोरीको आमाले किटानी जाहेरी दिएलगत्तै प्रहरीले आरोपी बस्नेतलाई पक्राउ… पुरा पढौ

बिराटनगरमा केपी ओलीविरुद्ध नाराबाजी

सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै जिल्ला प्रशासन कार्यालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन बन्द गरेको छ । नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका युवाहरुले भने प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । महेन्द्रचोकमा जम्मा भएका युवाहरुले केपी ओली मुर्दाबाद, गृहमन्त्री, राजीनामा दे लगायतका नारा लगाएका हुन् । हालै मात्र गृह मन्त्रालयले जन्मसिद्ध नागरिकको सन्तानलाई बंशजको नागरिकता दिन परिपत्र गरेको थियो । त्यसआधारमा स्थानीय प्रशासनले नागरिकता दिन थालेको थियो । तर,… पुरा पढौ

विप्लवका एक कार्यकर्ता

 प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका एक कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले नेकपा विप्लव निकट भीमदत्त नगरका इन्चार्ज रधुबीर जोशीलाई सोमबार साँझ पक्राउ गरेको हो ।  विप्लव भीमदत्त नगरका इन्चार्ज जोशीलाई भीमदत्त नगरपालिका ९ बाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ल्याइएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञानबहादुर विष्टले अनुसन्धानका लागि विप्लवका कार्यकर्ता जोशीलाई नियन्त्रणमा लिएको जानकारी दिए । प्रवक्ता विष्टका अनुसार उनीमाथि अनुसन्धान भइरहेको छ । नेकपा कञ्चनपुरले जोशीलाई… पुरा पढौ

१३ वर्षीय विद्यार्थीबाट शिक्षिका गर्भवती

पुरुष शिक्षकले आफ्नै विद्यार्थीसँग प्रेम अनि विवाह समेत गरेको घटना बेलाबखत सुनिंदै आएको छ । तर, महिला शिक्षकको हकमा आफ्नै विद्यार्थीसँग यौन सम्बन्ध अनि गर्भवती हुनेसम्मको घटना सुनिएको छैन । तर, अमेरिकामा गत वर्ष एक शिक्षिकामाथि १३ वर्षीय स्कुले बालकसँग यौन सम्बन्ध राखेको आरोपमा मुद्दा चल्योे । उनै शिक्षिका अलेक्जेन्ड्रा बेरालाई अदालतले १० वर्षको कैद सजाय सुनाएको छ । ह्युस्टनस्थित एक माध्यमिक स्कुलमा अंग्रेजी पढाउने ती शिक्षिका २४ वर्षको उमेरमा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं