प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने गाडी चालक पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका–१२ त्रिपुरेश्वरमा ट्राफिक प्रहरीलाई १ हजार रुपैयाँ दिन खोज्दा धादिङ घर भई सतुंगल बस्ने ३३ वर्षीय एकबहादुर तामाङ मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी ट्राफिक प्रभाग थापाथलीको टोलीले उनको बा २ ख ६१८६ नम्बर गाडी जाँच गर्न लाग्दा तामाङले एक हजार रुपैयाँ दिन खोजेका थिए ।
उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।






