लेखनाथमा लायन्स क्लब अफ लेखनाथ सिटी गठन गरिएको छ । उदीपराज ढुंगानाको नेतृत्वमा क्लब गठन भएको हो । क्लब प्रथम उपाध्यक्ष सुजन रानाभाट, द्वितीय उपाध्यक्ष शिवजी ढुंगाना, तृतीय उपाध्यक्ष सुवास तिवारी, सचिव कृष्णप्रसाद तिमिल्सिना, कोषाध्यक्ष शरिशरण ढुंगाना (विनायक), सहसचिव अर्जुन धिताल र सहकोषाध्यक्ष कैलाश पौडेल चयन भएका छन् ।
क्लब टेमरमा नवीन सापकोटा, टेल टुइस्टरमा आकास बस्नेत, एलसिआइएफ कोर्डिनेटरमा दीपेश बराल, स्वास्थ्य निर्देशकमा रोस्वीन थापा र मेम्बरसीप चियरपर्सनमा प्रविन रानाभाट छन् ।
क्लब सदस्यमा शिशिर रानाभाट, सागर धमला, महेश्वर बस्ताकोटी, राजकुमार ढकाल, बदन बराल र सञ्जय भए । क्लबमा अर्थ निर्देशक दामु देवकोटा र सदस्यमा सुदिप लामिछाने, सुजन बराल र फणिन्द्र पौडेल छन् ।
मदर क्लब लायन्स क्लब अफ लेखनाथद्वारा आयोजित कार्यक्रममा लायन्स ३२५ बी १ नेपालका डिस्ट्रिक गर्भनर अशोककुमार श्रेष्ठ, लायन्स क्लब अफ लेखनाथ सिटीका संस्थापक अध्यक्ष उदीपराज ढुगांना लगायतले धारणा राखेका थिए ।






