समाचार

काठमाडौंमा नेविसंघको आतंक, तीन कलेजमा तोडफोड

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौँका तीनवटा कलेजमा तोडफोड गरेको छ ।  काठमाडौँस्थित एपेक्स कलेज, राजधानी कलेज, एसएम कलेलेमा तोडफोड गरिएको नेविसंघका नेता मनिष सिंखडाले जानकारी दिए ।  उक्त कलेजहरुले मानोमानी ढंगले शूल्क लिने गरेको भन्दै आफूहरु कारबाहीमा उत्रिएको उनले दाबी गरे ।  उनीहरुले कलेजको गेटमा माफिया होसियार भन्दै कालो अक्षरले पेन्टिङसमेत गरेका छन् । सोही क्रममा प्रहरीले १५ जना विद्यार्थीलाई… पुरा पढौ

युक्रेनमा राष्ट्रपतिको निर्वाचन

युक्रेनमा राष्ट्रपतिका लागि मतदान शुरु भएको छ । यसपटक वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध एक जना लोकप्रिय हास्यकलाकार र पूर्व प्रधानमन्त्रीले कडा चुनौती दिएका छन् । करिब चार करोड २० लाख जनसंख्या रहेको युक्रेनको यस पटकको राष्ट्रपतिको चुनावमा ३९ जनाले उम्मेदवारी दिएका छन् । पछिल्ला वर्षहरुमा भ्रष्टाचार, अर्थतन्त्रमा छाएको मन्दी तथा पूर्वी भेगमा रुसी समर्थनमा भइरहेको सशस्त्र सङ्घर्षबाट युक्रेन आक्रान्त छ । मत सर्वेक्षणमा हास्यकलाकार भोलोडिमिर जेलेन्स्की निर्वाचित हुने सम्भावना… पुरा पढौ

विद्यालयमा तोप आक्रमण, ४ को मृत्यु, १७ घाइते

अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा तोप आक्रमण भएको छ ।शनिबार गाजनी प्रान्त अन्तर्गत आन्दर जिल्लाको ग्रामिण इलाकामा रहेको विद्यालयमा भएको आक्रमणमा चार विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको र दुई शिक्षकसहित अन्य १७ जना घाइते भएका छन्,” सरकारका प्रान्तीय प्रवक्ता अरेफ नुरीले बताए । अधिकारीका अनुसार मुल्लाह नोह बाबा विद्यालयमा कक्षा चलिरहेका समय तोप आक्रमण हुँदा चार विद्यार्थीको घटनास्थलमा नै मृत्यु भएको र अन्य १७ जना पनि सख्त घाइते भएका… पुरा पढौ

भेनेजुएला- विपक्षी नेता गाेइदाेलाई १५ वर्षकाे प्रतिबन्ध

एजेन्सी– भेनेज़ुएलाका राष्ट्रपति निकोलस मदुरोकाे सरकारले विपक्षी नेता जुआन गाेइदोलाई १५ वर्षसम्मका लागि प्रतिबन्ध लगाएकाे छ । याे अवधिमा गाेइदाेले कुनै पनि सरकारी पद सम्हाल्न पाउँदैनन् ।  मदुराेका सहयाेगी एवं सरकार नियन्त्रक एल्विस अमाेराेसाेले याे आदेशकाे बारेमा सार्वजनिक घाेषणा गरेका थिए । गाेइदाेले आफ्नाे सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेकाे आराेप अमाेराेसाेले लगाएका छन् । यसकारण गाेइदाेलाई प्रतिबन्ध लगाएकाे स्पष्टिकरण उनले दिए ।  भेनेजुएलाका नेशनल एसेम्बलीका अध्यक्ष गाेइदाेले याे वर्ष जनवरीमा आफूलाई अन्तरिम राष्ट्रपति घाेषणा… पुरा पढौ

२ वटा मोटरसाइकल एकआपसमा ठोकिँदा ३ जनाको मृत्यु

बर्दियाको बनगाईमा दुईवटा मोटरसाइकल ठोक्किँदा ३ जना यात्रुको ज्यान गएको छ।  आज बिहानै भएको सवारी दुर्घटनामा परी बर्दिया मधुवन नगरपालिका १ का २१ वर्षका सुरज चौधरी र कृष्णा चौधरी तथा बारबर्दिया नगरपालिका ९ का २३ वर्षका खगेन्द्र बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।  भे ८ प ६९६८ र बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । पुरा पढौ

स्याङ्जाली सम्पर्क सदनको रजत जयन्तीमा विद्यार्थीलाई सहयोग

स्याङ्जाली सम्पर्क सदन पोखराको रजत जयन्ती वर्षको उपलक्ष्यमा विद्यार्थीलाई सहयोग गरिएको छ । कालिगण्डकी गाउँपालिकाको जनता आधारभूत विद्यालय विर्घा र शिव आधारभूत विद्यालय, चण्डीभञ्ज्याङमा विद्यालय पोशाक र स्टेसनरी वितरण गरिएको हो । कार्यक्रममा गाउँपालिका उपप्रमुख सावित्रा कोइरालाले जनमुखी तथा नमुना गाउँपालिका बनाउनका लागि, विकास निर्माण तथा जनचेतना अभियान थालिएको स्पष्ट गरिन् । प्रहरी नायब महानिरीक्षक बावुराम पाण्डेले आफू हुर्केको पढेको ठाउँमा कार्यक्रमको विशेष अतिथि भएर १ सय ६ जना गरिब… पुरा पढौ

स्याँउ जोन मुस्ताङमा लोमान्थाङ गापा छुट्यो ,४ स्थानीयतहबाट ५१ जनाको आवेदन

स्याँउ जोन मुस्ताङमा सुचिकृत हुन ५१ जना किसानले आवेदन दिएका छन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई अन्तर्गत मुस्ताङमा पहिलो पटक स्याँउ जोन घोषणा भएको हो ।यसअघि स्याँउ पकेट र ब्लक छनौट भएको थियो । परियोजना कार्यान्वयन ईकाई स्याँउ जोन कार्यालयले जिल्लाका ५ वटै स्थानीयतहका किसानलाई जोनमा सुचिकृत हुन गत पुस देखि सूचना जारीगरी जानकारी गराएको हो ।चालुवर्ष स्याँउ जोन कार्यक्रममा सूचिकृत हुनपाउँ भनी आवेदन दिनेमा सबैभन्दा बढी घरपझोङ गाउँपालिकाका… पुरा पढौ

प्रेस युनियन कास्कीमा सल्लाहकार चयन

नेपाल प्रेस युनियन कास्कीले सदस्य सल्लाहकार चयन गरेको छ । युनियका कास्की अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा शनिवार बसेको बैंठकले सल्लाहाकार चयन गरेको हो । सल्लाहकारमा रवीन्द्र बाँस्तोला, रमेश पौडेल, गंगाधर पराजुली, हेमराज बराल, शिरोमणि बराल, राजबहादुर गुरुङ, डा. बलराम उपाध्याय रेग्मी र तारा गौतम पाखेलाई चयन गरेको हो । बैठकले नयाँ वर्ष २०७६ का लागि भित्तेपात्रो प्रकाशन गर्ने निर्णय युनियनले गरेको छ । भित्तेपात्रो प्रकाशनका लागि संस्थाका उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाको… पुरा पढौ

रेडियो अन्नपूर्णको रक्तदान

पोखराको रेडियो अन्नपूर्णले आयोजना गरेको रक्तदान कार्यक्रमबाट १ सय ६२ युनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भईरहेको बेला रेडियो अन्नपूर्णले आयोजना गरेको कार्यक्रमले जोखिममा परेको कसैको जीवन जोगाउन महत्वपूर्ण सहयोग हुने क्षेत्रीय रक्तसंचार सेवा पोखराका प्रमुख ध्रुव लामिछानेले बताए । क्षेत्रीय रक्तसंचार सेवा पोखराको प्राविधिक समन्वयमा भएको कार्यक्रममा ३७ जनाले पहिलो पटक रक्तदान गरे । रक्तदानमा ५४ महिला तथा १ सय ८ पुरुष सहभागी भएको कार्यक्रम संयोजक… पुरा पढौ

हेडमास्टर पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा संलग्न रहेको आरोपमा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानलाई प्रहरीले आज पक्राउ गरेको छ । विप्लव समुह निकट अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्षसमेत रहेका चौहानलाई निषेधित क्रियाकलापमा संलग्न रहेको आशङ्कामा मायादेवी गाउँपालिका–५ स्थित उनकै घरबाट पक्राउ गरिएको हो । चौहानउपर सार्वजनिक हित सुरक्षा नैतिकताविरुद्धको कसुर मुद्दामा १५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए । यसअघि विप्लव समूहमा आबद्ध… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं