साउदीले विश्वकै धनी बेजोसको फोन ह्याक गरेको आरोप

एजेन्सी- अमेजनका संस्थापक तथा विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसको तस्वीरहरु लिक भएको विषयमा अनुसन्धान गरिरहेका गाविन डी बेकरले बेजोसको फोन साउदी अधिकारीहरुले ह्याक गरेको बताएका छन् ।

यी तस्वीरहरु बाहिरिएपछि बेजोसको पत्नीसँग सम्बन्धविच्छेद भएको थियो ।

आइतबार यो खुलासा गर्दै बेकरले यो तस्विर लिक हुनु र पत्रकार जमाल खशोगीको हत्याबारे वासिङ्टन पोस्टमा समाचार छापिएको विषयसँग सम्बन्धित रहेको बताएका छन् । वासिङ्टन पोस्ट जेफ बेजोसकै पत्रिका हो । 

बेकरले द डेली बिस्ट नामको वेबसाइटमा लेखेका छन्– साउदी अरबले बेजोसको फोन ह्याक गरेर उनको निजी जानकारीहरु लिएको थियो । बेकरले साउदी राजकुमार मोहम्मद बिन सलमानले वासिङटन पोस्टलाई आफ्नो दुश्मन मान्ने पनि संकेत गरेका छन् ।

त्यसो त यसअघि अमेरिकाले गरेको छानबिनले पनि खशोगी हत्यामा सलमानको हात रहेको हुनसक्ने अनुमान गरिएको थियो ।