समाचार

नेपालको नयाँ नक्सा सार्वजनिक

नेपालको नयाँ नक्सा सार्वजनिक भएको छ। बिहिबार भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा नयाँ नक्सा सार्वजनिक गरिएको हो। भूमिसुधार मन्त्री पद्मा अर्याल, मन्त्रालयका सचिव गोपीनाथ मैनालीले संयुक्त रूपमा नक्सा सार्वजनिक गरेका हुन्। नयाँ नक्सामा नामकरण भइसकेका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नाम तोकिएको छ। अरू प्रदेशको भने नाम उल्लेख नगरी नक्सा बनाइएको छ। पुरा पढौ

निर्मला प्रकरण : पूर्व डीएसपी सेट्ठीसहित ६ प्रहरी पक्राउ

निर्मला पन्त बलात्कार–हत्या प्रकरणमा केही महिनाअधि मात्र अवकास पाएका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गर्नुअघि प्रतिवादी सेट्ठी,  इन्सपेक्टर एकेन्द्र खड्का र  चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता (एसएसपी) उत्तमराज सुवेदीले  जानकारी दिए । कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट सहित ८ जनाले निर्मलाको बलात्कार–हत्या प्रकरणसँग… पुरा पढौ

विप्लवको घरमा प्रहरी छापा, गोली हानेर एक जना समातियो

प्रहरीले नेकपा विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको छ । अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा छापा हानेको हो । बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको छ । प्रहरीको गोली लागेर उनी घाइते भएका छन् । खुट्टामा गोली लागेका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको घरकाट प्रहरीले एसएमजी, तीन थान म्यागजिन… पुरा पढौ

विप्लवको गाउँमा प्रहरीमाथि ढुंगामुडा

कपिलवस्तुको शिवराज नगरपालिका-९ शिवगढीमा प्रहरी र स्थानीयबीच तनाव सिर्जना भएको छ। नेत्र विक्रम चन्द ‘विप्लव’ को घर समेत रहेको शिवगढीमा प्रहरीले सर्च अपरेसन गरेपछि स्थानीय र प्रहरीबीच तनाव सिर्जना भएको हो। प्रहरीको विशेष टोलीले बिहीबार बिहान यादव चन्दको घरमा शर्च अपरेसन गरेको थियो। यादव चन्द विप्लवका भतिजा हुन्। सर्च अपरेसनपछि चन्दको घरमा केही हतियार भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले सर्च अपरेशन गर्दै गर्दा स्थानीयबासी प्रतिकारमा उत्रिदा दुईजना प्रहरी सामान्य घाइते भएका… पुरा पढौ

सांस्कृतिक विविधता नेपालको पहिचान : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताएका छन्। ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन्। प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिसको बसोबास हुनु आफैँमा गौरवको विषय भएको उल्लेख गरे। “नेपाल आफैँमा एउटा सङ्ग्रहालय हो।  यस भूगोलमा यति धेरै सांस्कृतिक विविधता छ, जो अन्यत्र पाइँदैन”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् छ, “यी विविधतालाई संरक्षण… पुरा पढौ

रंगशाला निर्माणका लागि काँग्रेस प्रवक्ता शर्माको सहयोग

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । श्रीमति कविता शर्मासँग विवाह भएको १६ औं वर्षको अवसर पारेर उनले धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई सहयोग हस्तान्तरण गरेका हुन् । विवाह भएको १६ औँ वर्षगाँठमा उनले क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैँया नै सहयोग गरेका छन् । सहयोग हस्तान्तरण गर्दै उनले यस्तै अवसरमा हुने खर्चको जोहो गरेर… पुरा पढौ

उपराष्ट्रपतिका छोरा दीपेशले पनि घुस लिएको खुलासा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलगायत विभिन्न व्यक्तित्वसँग बयान लिने तयारी गरेको छ। अख्तियारले उपराष्ट्रपति पुनका छोरा दीपेश र अखिल क्रान्तिकारी नेता कैलाश मगर तथा उक्त प्रकरणमा मुछिएका एक दर्जनभन्दा बढी व्यक्तिसँग बयान लिन लागेको हो। आयोगले पाठकलाई घुस बुझाउने चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका अध्यक्ष लम्बोदर न्यौपानेसँग बिहीबार बयान लिने भएको छ। राजपा नेपालका नेता ज्ञानेन्द्र झाले लम्बोदरको… पुरा पढौ

प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन् । नियमित स्वास्थ्यजाँचका लागि अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान चिकित्सकले भर्ना लिएका थिए ।  स्वास्थ्य परीक्षणमा सबै रिपोर्ट सामान्य आएपछि उनलाई डिस्चार्ज गरिएको हो । उनको उपचारमा संलग्न डा अरुण सायमीले भने, 'प्रधानमन्त्रीज्यूको सबै रिपोर्ट नर्मल भएपछि भर्खरै डिस्चार्ज गरिएको छ।' त्रिवि शिक्षण परिसरमा रहेको मनमोहन कार्डियोथोरासिस तथा भास्कुलर सेन्टरको सिसियू कक्षमा भर्ना गरिएका प्रधानमन्त्री ओली करिब १० घन्टा अस्पताल बसेपछि डिस्चार्ज… पुरा पढौ

जिएमसीका सिइओ र परीक्षा नियन्त्रक पक्राउ

५३ करोड भन्दा बढी ठगी गरेको आरोपमा गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण प्रसाद शर्मा पक्राउ परेका छन् । बुधबार बेलुका उनीहरूलाई कास्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए । उनले विभिन्न समयमा ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ गरी ठगी मुद्दा मुद्दा दर्ता गरिएको बताए । सरकारले तोकेको शुल्कसिमा विपरीत मनपरी रुपमा विद्यार्थीबाट रकम असुलेको भन्दै विद्यार्थीहरूले १०… पुरा पढौ

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधवार रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला गरेपछि बसेको राजपाको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो । सरकारले संविधान संशोधन नगरेको, मधेस र थरुहट आन्दोलनका बन्दीहरूको रिहाइ नगरेको र उनीहरूमाथि लगाइएको झूटा मुद्दा फिर्ता नगरको, घाइतेहरुको उपचार नगरेको बैठकको निष्कर्श छ। निर्मला पन्त लगायत बलात्कारी र हत्यारालाई कारबाही नगरेको, सन्तुलित परराष्ट्र नीति अवलम्वन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं