जम्मूमा बम बिस्फोट , १८ जना घाईते

पुलवामा आक्रमणपछि जम्मू करिश्मरमा अझै पनि तनावको अवस्था रहेको छ । सिमा क्षेत्रमा भारत पाकिस्तानी पक्षबीच दोहोरो भिडन्त भई नै रहेको छ भने भारती सेनाले कश्मिरमा रहेका चरमपंथी संगठन र तीनका सदस्यहरुलाई निसानामा पारिरहेको छ ।

यसैबीच जम्मूमा आज मात्र पनि बम बिस्फोट भएको छ । जम्मूस्थित बस स्ट्याण्डमा ग्रेनाइड बम बिस्फोट भएको जनाएको छ । घटना स्थानीय समय अनुसार ११ बजेर ४५ मिनेटमा भएको र सो बिस्फोटबाट १८ जना घाईते भएको बताईएको छ ।

घाईते भएकाहरुको यतिबेला अस्पतालमा उपचार भईरहेको र तीमध्य २ जना गम्भिर घाईते भएको बताईएको छ । घाईते हुनेहरुमा बसमा बसिरहेका यात्रु र बाटोमा हिड्ने यात्रुहरु रहेको बताईएको छ । घटना कसले गराएको हो भन्नेबारेमा यतिबेला त्यहाँको प्रशासन अनविज्ञ छ । घटनाबारे अनुसन्धान चलिरहेको छ । पुलवामा आक्रमणमा आत्मघाती गराउने युवक पनि कश्मिरकै रहेका थिए ।

त्यसैले सेनाले कश्मिरमा रहेका युवकहरुमाथि निगरानी बढाईरहेको छ । कश्मिरमाथि भारत सरकारको विभेद र कश्मिरलाई स्वतन्त्र बनाउनका लागि पनि त्यहाँका रहेका चरमपंथी संगठनहरुले यस्ता बिस्फोटका घटना घटाउदै आईरहेका छन् । त्यतीमात्र होईन उनीहरुले पाकिस्तानमा रहेका चरमपंथीसंग मिलेर पनि भारतमा हुने आतंककारी हमलामा साथ दिदै आएको भारतीय मिडियाले उल्लेख गर्दे आईरहेको छ ।