समाचार

हिन्दूराष्ट्र कायम गराउन मेची महकाली यात्रा गर्दै राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा गर्दै छ । यही फागुन १५ गते ताप्लेजुङबाट शुरु भई मुलुकका ३६ जिल्लामा हुने उक्त यात्रा काठमाडौँमा आएर समापन गरिने छ । दुई हजार ८०० किलोमिटरको यात्रामा सम्बन्धित जिल्लाका सङ्गठनले यात्राका क्रममा आवश्यक समन्वयन र सहयोग गर्ने तथा यात्रा अवधिभर विभिन्न शहरमा करीब २०० सभा गरिने भएको छ । उक्त यात्रा सकिएपछि यस… पुरा पढौ

भारतबाट ल्याइएका चालीस हजार अण्डा नष्ट

भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो । सोमबार भरतपुर–५ तोरीखेतस्थित मिलन ह्याचरीले ल्याएको १० हजार अण्डा र बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीको ३० हजार अण्डा नष्ट गरिएको नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए । विशेष सूचनाका आधारमा अवैध अण्डा ल्याएको भेटेपछि… पुरा पढौ

पाकिस्तानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरु

भारतीय वायुसेनाले भारत पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरी आक्रमण गरेपछि पाकिस्तानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक शुरु भएको हो । भारतले पाकिस्तानको सीमा पार गरेर आक्रमण गरेसँगै पाकिस्तानमा मन्त्रिपरिषद्को बैठक बसेको छ । केहिबेरअघि बसेको मन्त्रीपरिषद् बैठकले पाकिस्तानको सीमा पार गरेर भारतले गरेको आक्रमणको बारेमा छलफल हुनेछ । अहिले पाकिस्तानी सरकारले के निर्णय गर्ला भन्ने विषयमा सबको चासो दिएका छन् । यसअघि पाकिस्तानका विदेशमन्त्री खवाज महोम्मद असिफले भारतले यो आक्रमणका ठु्लो… पुरा पढौ

संसद बैठकमा स्वास्थ्य बीमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत भएको छ । सो प्रस्तावको प्रस्तावकमा खगराज अधिकारी र समर्थकमा अञ्जना विसंखे र मनकुमारी जिसी रहेका छन् ।  प्रस्तावमा “स्वास्थ्य बीमा ऐनअन्तर्गतका कार्यक्रमलाई देशव्यापीरूपमा लागू गर्दै गुणस्तरीय औषधि, उपकरण र जनशक्तिको प्रबन्ध गरी सातवटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको आकस्मिक, सघन उपचार कक्षलगायतको प्रबन्ध गरी सम्पूर्ण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि कानून, नियम र निर्देशिका बनाई लागू गर्न… पुरा पढौ

खतिवडाको दावी ‘कम्युनिष्ट सरकार धेरै टिक्दैन’

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले कम्युनिस्ट पार्टीहरुकै बेमेलका कारण बामपन्थी सरकार पाँच वर्ष नटिक्ने बताएका छन् । नेता खतिवडाले आफ्नै आन्तरिक कलहमा पार्टी रुमलिएकाले देश विकासमा काम गर्न नसक्ने दावी गर्दै पार्टी पाँच वर्ष टिक्न नसक्ने बताएका हुन् । प्रधानमन्त्रीको सोचाइ पनि साँघुरो रहेकाले ओली सरकार कमजोर बनेको उनको तर्क छ । ‘एउटा कलाकारले गीत निकाल्दा ओली त्यसकै पछाडि अरिंगालको झुण्ड लगाउनु हुन्छ’, उनले भने, ‘सञ्चार मन्त्रीलाई प्रश्न सोधेकै भरमा… पुरा पढौ

नुवाकोट जिल्लामै पहिलो गुरुकुल

नुवाकोट जिल्लामै पहिलाे गुरुकुल स्थापना गर्न लागिएको छ। गुरुकुल स्थापनाको लागि पाठक परिवार द्वारा स्वर्गीय माता पिता काे सम्झनामा आफ्नाे गाउँमा १११११११ ( एघार लाख एघार हजार एक सए रुपैयाँ) सहयाेग एक कार्यक्रमका बिच पाठक परिवारका जेष्ठ सदस्य बाबुकाजि पाठक,टप माया गाैरिबिलाश पाठक स्मृति प्रतिस्थान का संरक्षक बर्दिकुमार शर्मा पाठक ,संयाेजक केदारनाथ पाठक एवंम सदस्यहरु गाेबिन्द पाठक ,रमेशकुमार पाठक,हरि प्र पाठक ,राधादेबि पाण्डे लगायत प्रतिस्थानका सदस्यहरुले ले घाेषणा गरेको बृहद… पुरा पढौ

पाकिस्तानी सेनाले भन्याे : भारतीय सेना भगायाैं

एजेन्सी । पाकिस्तानी सेनाले भारतीय वायुसेनाले भारत पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरेको दाबीे गरेको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटर मार्फत मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गरेको जानकारी दिएको हुन् । उनले ट्वीटमा भनेका छन्, ‘भारतीय विमानहरूले मुजफ्फराबाद सेक्टरबाट घुसपैठ गरे । पाकिस्तानी वायु सेनाको तर्फबाट तत्काल र प्रभावशाली कारवाही भयो त्यसपछि उनीहरू भाग्न थाले ।’ हडबडाएर भाग्दा उनीहरुका केहि बम बालाकोटनजिकै खसे… पुरा पढौ

पदको लोभमा छैन : जनार्दन शर्मा

नेपाल कम्युनिष्ट पार्टीका नेता एवं पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आफू कुनै पदको लोभी नभएको स्पष्ट पारेका छन्। सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शर्माले आफूले पद नखोजेको र पद हत्याउने कुनै योजना नरहेको स्पष्ट गरेका हुन् । केही दिनयता मन्त्रीमण्डल फेरबदल हुने र जनार्दन मन्त्री बन्ने लाइनमा रहेको समाचार सार्वजनिक भइरहेका थिए । शर्माले पछिल्लो समय सरकारले संघीयताको मर्मबोध गर्न नसकेको र स्थानीय सरकारलाई कमजोर बनाएको बताउँदै आएका… पुरा पढौ

प्रहरीलाई आधुनिक र प्रविधिमैत्री बनाउँछौं _आइजीपी खनाल

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नवनिर्मित प्रहरी कार्यालय भवन सँगसँगै प्रहरीले सेवाग्राहीलाई प्रदान गर्ने सेवा पनि मन, वचन र कर्मले शुद्ध र सुन्दर हुनुपर्ने बताएका छन्। प्रहरी प्रधान कार्यालय परिसरभित्र नवनिर्मित पश्चिम गेट, आगन्तुक कक्ष, नयाँ प्रशासनिक भवन तथा राष्ट्रिय वाणिज्य बैंकको नवनिर्मित एटिएमको उदघाटन तथा नवनिर्माण हुने अडिटोरियम हलको शिलान्यासका अवसरमा सोमबार आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताएका हुन्। उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले नवनिर्मित… पुरा पढौ

भारतद्वारा पाकिस्तानमाथि हमला

एजेन्सी । भारतको वायुसेनाले पाकिस्तानमा बम हमला गरेको पाकिस्तानले दाबी गरेको कुरा भारतीय समाचार माध्यमले जनाएका छन् । पुलवामामा भएको आतंककारी हमलामा ४० भारतीय सेनाले ज्यान गुमाएको थियो । अहिले भारत पाकिस्तानबीच निकै खलबल मच्चिएको छ । यसैबीच भारतको वायु सेनाले पाकिस्तानी कब्जा रहेको कस्मिरमा रहेका आतंकवादी केम्पहरुमा १२ ओटा मिराज २००० फाइटर जेट विमानबाट बम आक्रमण गरेको छ । सेनाले १ हजार किलोको बम हमला गरेको बताइएको छ ।… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं