समाचार

एक वर्षमा ४८ हजार चालक, सहचालकलाई अनुशिक्षण दिईने

महामारी जस्तै फैलिएको सडक दुर्घटना न्युनिकरणका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशव्यापी रुपमा सडक दुर्घटना न्युनिकरण राष्टिङय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । नेपालमा दैनिक ७ देखि ८ जना र वार्षिक २ हजार ५ सय २० देखि २ हजार ८ सय ८० जनाको मृत्यु सडक दुर्घटनामा हुनेगरेको भन्दै संगठनको माघ २० र २१ गते नारायणगढमा सम्पन्न चौंथौं बैठकले त्यस्तो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । यस अभियान… पुरा पढौ

एक विद्यालयमा ४५ वर्षीय महिलाको बेवारिसे शव फेला

कञ्चनपुरको मंगल आधारभूत विद्यालयमा आज एक महिलाको बेवारिसे शव फेला परेको छ। कञ्चनपुर स् शुक्लाफाँटा नगरपालिका ९ सिसैयामा रहेको सो बिद्यालयमा करिव ४५ वर्षीय महिलाको शव फेला हो । सुस्त मनस्थितिकी ती महिला मागेर गुजारा चलाउने ति महिलालाई मत अवस्थामा भेटिएको स्थानियले बताएका छन् । स्थानियले शव देखे पछि प्रहरीलाई खबर गरेको वडाध्यक्ष रमेशबहादुर ऐरले बताए। पुरा पढौ

साउदी गएकी नेपाली युवती दूतावासमै भइन् सुत्केरी

नेपाली दुतावास साउदी अरबको सेल्टरमा आश्रय लिन आएकी नवलपरासी जिल्लाकी रिस माया सुत्केरी भएकी छन्। उनको कोखबाट छोरा जन्मिएको छ। पीडित महिलाहरुको उद्दार गर्ने हेतुले करिब १० बर्ष अघि दूतावासमा खोलिएपनि सेल्टरमै बच्चा जन्मेको यो पहिलो घटना मानिएको छ। नेपाली महिला हाल नवजात शिशु सहित अस्पतालमा रहेकी छन्। गत शनिबार ट्याक्सी ड्राईभरले दुतावास बाहिर छोडेर गए पश्चात दूतावासको आश्रयस्थलमा रहेकी उनले दुई दिन पश्चात सेल्टरमै बच्चा जन्माएकी हुन्। ति महिला… पुरा पढौ

पोखरेली पर्यटन व्यवसायी भारतको सिलगुडीतर्फ प्रस्थान

पोखरामा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायी भारतको सिलगुडीतर्फ प्रस्थान गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हिँडेको २२ सदस्यीय टोली भारतको सिलगुडीमा त्यहाँका उत्तरपूर्वी राज्यका पर्यटन व्यवसायीको साझा संस्था इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएशन (इथवा)ले आयोजना गर्ने बङ्गाल ट्राभल मार्ट(बिटिएम)मा सहभागी हुनेछ । बिटिएममा सहभागिताका साथै त्यहाँका पर्यटन व्यवसायीसँग व्यावसायिक साझेदारीका विविध पक्षबारे व्यापक छलफल गरिने पोखरा पर्यटन परिषद्का… पुरा पढौ

बाघले आक्रमण गर्दा ७१ वर्षीय शाहीको मृत्यु

 बर्दियाको बढैयाताल गाउँपालिका–२ मा भारतको जङ्गलबाट आएको पाटेबाघले आक्रमण गर्दा स्थानीय ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्यु भएको छ ।  बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा घाइते भएका छन् । बुढालाई बाघले आक्रमण गर्दा उनको टाउको, ढाड र घाँटीमा चोट लागेको छ । घाइते दुवै जनालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका लागि ल्याइए पनि शाहीको उपचारका क्रममा मृत्यु भएको हो ।  प्रहरी चौकी जमुनीका इन्चार्ज प्रहरी नायब… पुरा पढौ

तिन युवा हतियारसहित पक्राउ

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५, मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ । खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ हतियासहित सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिए । विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शंका लागि… पुरा पढौ

६६४ ट्याक्सी चालकलाई कारवाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ। महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो। महाशाखाले आव २०७२/७३ मा दुई हजार ७९५, २०७३/७४ मा चार हजार ५१८ र २०७४/७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त… पुरा पढौ

हङकङमा चिप्स बनाउने उद्योगमा ल्याइएको फ्रेंच आलुको बोरामा भेटियो ग्रिनेड

हंगकंगको एक चिप्स बनाउने कारखानाको लागि आयात गरिएको फ्रेंच आलुको बोरामा प्रथम विश्व युद्धको समयको एक ग्रिनेड फेला परेको छ। त्यो जर्मन ग्रिनेड भएको बताइएको छ। पुलिसले उक्त ग्रिनेडलाई निष्क्रिय गरेको बताएको छ।  काल्बी स्न्याक्स फ्याक्ट्रीमा शनिबार ग्रिनेड भेटिएपछि त्यहाँ खलबली मच्चिएको थियो। पुलिसका अनुसार त्यो ग्रिनेडको स्थिति ठीक थिएन। त्यसको पिन निस्किएको थियो। त्यसको चौडाई ८ सेन्टीमीटर र वजन करीब एक किलोग्राम रहेको बताइएको छ। त्यो फ्रान्सको पूर्वी युद्धभूमिबाट… पुरा पढौ

२१०० सम्म दुई तिहाइ हिमनदी सकिने

जलवायु परिवर्तनका कारण विश्वव्यापी रुपमा तापक्रमको वृद्धि भइरहने हो भने सन् २१०० सम्म दुई तिहाइ बढी हिमनदी पग्लिएर सकिने तथ्याङ्कसहितको प्रतिवेदन सार्वजनिक भएको छ । हिन्दूकुश क्षेत्रमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र(इसिमोड)ले पाँच वर्ष लगाएर गरेको अध्ययनअनुसार जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न भएका प्रयास असफल भएको खण्डमा केही हिमनदी पग्लिएर पानीको हाहाकार हुने र जनजीवनसमेत प्रभावित हुने देखिएको छ । जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताले यस शताब्दीको अन्त्यसम्म १.५ डिग्री तापक्रममा… पुरा पढौ

विमान घरमा ठोकिँदा पाँच जनाको मृत्यु, दुई घाइते

एउटा सानो विमान अवतरणका क्रममा आइतबार विमानस्थलको धावनमार्गबाट विमान बाहिरिन पुग्दा एउटा घरमा ठोक्किँएर भएको दुर्घटनामा विमानका चालकसहित चार जनाको मृत्यु भएको छ । बर्षाका कारण विमानस्थलमा धावनमार्गमा जमेको पानीका कारण धावनमार्गबाट विमान बाहिरिएको र विमानस्थलसँगै जोडिएको घरमा ठोक्एिको प्रत्यक्षदर्शीले बताएका छन् ।दुर्घटनामा विमान र योर्वा लिन्डाको एक घरमा आगलागी भएको थियो र विमान चालक र उक्त घरमा रहेका चार जनाको आगोले जलेर मृत्यु भएको छ, अरेन्ज जिल्लाका अधिकारी लेफ्टिनेन्ट… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं