पोखरेली महिलालाई आत्मरक्षा प्रशिक्षण

महिला विरुद्धका हिंसा रोक्न पोखरामा प्रशिक्षण खेलकुद कार्यक्रम हुनेभएको छ ।

तेक्वान्दो संघ गण्डकी प्रदेश अध्यक्ष जगन गुरुङका अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय र नोवाज आर्क स्र्पोटस साइन्स कलेजको अग्रसरतामा प्रशिक्षण हुन लागेको हो । फागुन १ गतेदेखि ६ दिनसम्म पोखरा रंगशालामा प्रशिक्षण हुनेटिमका प्रशिक्षक डा. नमरजंग गुरुङले बताए ।
१३ वर्ष माथिका छात्रा एवं महिलालाई लक्ष्य गरी सञ्चालन हुने कार्यक्रममा कोरियाबाट आएका विज्ञले समेत प्रशिक्षण दिनेछन् ।

प्रशिक्षणमा मानव जीवनमा आइपर्ने घटनासँग तत्काल कसरी सामना गर्ने भन्ने विषयवस्तु समेटिएको छ । प्रशिक्षणमा झण्डै ४ सय जनाको सहभागिता रहने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक ओम रानामगरले बताए । कार्यक्रममा विद्यार्थीवाहेक तेक्वान्दो, बक्सिङ लगायत सबै मार्सलआर्ट खेलसँग सम्बद्ध १ सय प्रशिक्षकलाई प्रशिक्षण दिइनेछ ।