समाचार

जाग्गा विवादले २ युवाले कुटे १ वृद्धलाई

बाटो बनाउँदा त्यसमा पर्ने जग्गाको विषयमा भएको विवादमा पोखरा ३३ तिक्लाङका चूडामणि पौडेल कुटिएका छन् । तिक्लाङमा बाटो निर्माणबारे शनिबार बसेको बैठक सकिएपछि जग्गाको विषयमा विवाद हुँदा ३४ वर्षीय शिव बानिया र पदम खत्रीले मिलेर ५८ वर्षीय चूडामणिलाई कुटेको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । कुटपिटबाट घाइते चूडामणिको नमस्ते अस्पताल विरौटमा उपचार भएको छ भने कुटपिट गर्ने २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

मनकामना अस्पतालमा तोडफोड,६ जना पक्राउ

भरतपुरको मनकामना अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएपछि तोडफोड भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका ९ सरदपुरका ३८ बर्षिय कृष्ण प्रसाद भुसालको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन् । रुखको घाँस काट्ने क्रममा लडेका भुसालको मनकामना अस्पताल भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । उपचारमा अस्पतालको लापरबाही गरेका कारण भुसालको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । तोडफोडबाट अस्पतालको रिसेप्सनको… पुरा पढौ

माताले गरिन खुलाशा किन मुसा मार्ने दबाई दुग्धमा मिश्रण गरी भित्राइयो (भिडियो सहित)

सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिएकी हुन । सबिता सरु शर्मा आचार्य २०४५ सालमा धनकुटामा जन्मिएकी हुन । उनालाई ७ वर्ष को उमेर देखि नै अलौकिक शक्तिको ज्ञात भएको हो । माताका वाणीहरु, मानिसले घमण्ड र रीष गर्न छाडौ आफै ऊन्नति र प्रगति हुन्छ, हरेक मानिसको जीवन जिउन साँच्चै काहां सजिल छ र? एक न एक तनाव ले सधै पछि लागेर पछ्याईरहन्छ।, कसैले बोलेर मात्र हुदैन काम गरेर… पुरा पढौ

चट्याङ लागेर २ जनाको मृत्यु, चार घाइते

डडेल्धुराका फरक फरक स्थानमा चट्याङ लागेर शुक्रबार दुई जनाको मृत्यु भएको छ । अरु चार घाइते भएका छन् । मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–५ सलेताकी २० वर्षीया सरस्वती नाथ र बझाङको दुर्गाथली गाउँपालिका–७ का ४८ वर्षीय गोगन दौल्याल रहेका छन् । बिहान साढे २ बजे एक्कासी चट्याङ लागेर सरस्वतीको घरमै सुतिरहेको अवस्थामा मृत्यु भएको  प्रहरीले जानकारी दिएको छ । यस्तै अमरगढी नगरपालिका–३ रजोडामा रहेको राजपुर सामुदायिक वन उपभोक्ता समूहको भवनमा सुतिरहेका… पुरा पढौ

योगेश भट्टराईको सरकारसँग माग: गोर्खा सैनिकमाथि गरिएको विभेद अन्त्य गर्नुस्

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेशकुमार भट्टराईले बेलायत सरकारले गोर्खा सैनिकमाथि गरेको विभेद अन्त्य गर्न तत्काल पहल गर्न सरकारसँग माग गरेका छन्। सांसद भट्टराईले गोर्खा सैनिकलाई दिने तलब, भत्तालगायतको सुविधामा समेत बेलायत सरकारले विभेद गरिरहेको उल्लेख गर्दै तत्काल सो समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले बेलायती सेनामा भर्ना भएका गोर्खा सैनिकहरुमाथि भएको विभेद अन्त्यका लागि तत्काल उच्चस्तरीय वार्ता समिति गठन… पुरा पढौ

“को बन्छ लखपति”कोअडिसनवाट ४९ जना छनोट

कालिका मिडियाले सुरु गरेको बौद्धिक क्षमताको रोमाञ्चकारी खेल “को बन्छ लखपति”को आजको पहिलो अडिसनवाट ४९ जना स्टुडीयो राउन्डका लागि छनोट भएका छन् । भरतपुरमा रहेको अर्किड कलेजमा भएको पहिलो अडिसनवाट ४९ जना छनोट भएका हुन् । दिउँसो २ वजेपछि भने गुरुकुल कलेजमा अडिसन हुने छ । यसअघि १८ वटा कलेजमा भएको अडिसनबाट ४ सय ३८ बिद्यार्थी स्टुडीयो राउण्डको लागी छनोटमा भईसकेका छन् । । अडिसन पछि सजिलै संग नगद रू… पुरा पढौ

बाँकेलाई औद्योगिक राजधानीका रुपमा विकास गर्छुः मन्त्री गिरी

प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बाँके जिल्लालाई औद्योगिक राजधानीका रूपमा विकास गरिने बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँके शाखाले खजुरामा आयोजना गरेको औद्योगिक महिला उद्यमशीलता लघु घरेलु तथा कृषि प्रविधि पर्यटन महोत्सव उद्घाटनका क्रममा उनले भने, ‘‘यस प्रदेशमा औद्योगिक व्यापारका लागि नेपालगञ्ज प्रमुख नाकाका रुपमा रहेको र वैजनाथ नौवस्तामा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणले थप सहयोग पुग्ने छ । ” मन्त्री… पुरा पढौ

सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यले राजीनामा

सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ र सदस्य लीला उदासी खनालले राजीनामा दिएका छन् ।  आयोगका सदस्य मञ्चला झाका अनुसार अध्यक्ष गुरुङ र सदस्य खनालले आयोगको सचिवालयमा यही माघ २७ गतेदेखि लागु हुने गरी आज राजीनामा दिएका हुन् । आयोगको म्याद पनि यही माघ २७ गतेदेखि सकिँदैछ । आयोगका पदाधिकारीले चार वर्षसम्म पीडितको पीडालाई महसुस गरेर काम गर्न नसकेको आलोचना भइरहेको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐनको दफा ७… पुरा पढौ

निर्माणाधीन अरुण तेस्रोको पावरहाउस नजिकै दुई वटा बम विष्फोट

 संखुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा निर्माणाधीन अरुण तेस्रोको पावरहाउस नजिकै दुई वटा बम विष्फोट गराइएको छ ।  बिहीबार राति पावरहाउसदेखि करीब १ सय १५ मिटर पूर्वमा बम पड्कँदा दुई वटा जेनेरेटरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  सन् २०२२ सम्म उत्पादन हुने अरुण तेस्रो परियोजनाबाट ९ सय मेघावाट विद्युत्त उत्पादन हुनेछ । यस बहुचर्चित परियोजनाको काम भारतीय… पुरा पढौ

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिदैँ

जनकपुरको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राखिने भएको छ । पुरातत्व विभागका टोलीसँगै युनेस्कोबाट आएका क्रिष्टन मनहर्टले जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसँग बिहीबार यस विषयमा छलफल गरेका थिए । उक्त सूचीमा राख्न अधिकाँश प्रक्रिया पूरा भए पनि अझै केही गर्नुपर्ने बाँकी रहेको मनहर्टले जानकारी दिएको उपमहानगरप्रमुख साहले बताए । मनहर्टले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पूर्वाधारसम्बन्धी पुस्तक आफूलाई दिएको र सो बमोजिम बाँकी प्रक्रिया पूरा आग्रह गरेको उनले उल्लेख गरे… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं