५ कक्षाका बिद्यार्थी स्कुलको ट्वाईलेटमा कुटाकुट, एकको ज्यान गयो

कक्षा ५ मा पढ्ने विद्यार्थीहरु एक आपसमा झगडा हुँदा एक जनाको ज्यान नै गएको छ ।

पोखरा महानगरपालिका वडा नं. १३ स्थित भद्रकाली माध्यमिक विद्यालयमा पढ्ने होमबहादुर बिक र आशिष गुरुङबीच शौचालयमा झगडा भएको थियो । दुवै जना १५ वर्षका हुन् । पिटाइबाट घाईते भएका होमको शुक्रबार मनिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । सोहि दिनदेखि बहोस उनी आइसियूमा उपचाररत थिए । माघ २० गते नियमित कक्षा सकिएपछि ४ बजेपछि दुई जना सहपाठी पिशाव गर्न शौचालय गएको उनका साथीहरुले बताएका छन् ।

होमले पिशाव गरिरहँदा आशिषले गालाको ¥याल निकाल्दिन्छु भन्दै गालामा हाने । होमबहादुरको गालामा पूरानो घाउ थियो । जसलाई विद्यालयले पुरानो ट्युमर भनेको छ । आशिष पनि चकचक गरिरहने केटा रहेको उनकै बुबा नन्दसिंह गुरुङले पनि बताएका छन् ।

आशिषले पिटेपछि उसले पनि आशिषलाई पछारेको साथीहरुले भनाई छ । होमको गाला त्यसपछि सुनिँदै गयो । त्यसपछि होम कक्षाकोठातिर गए । शिक्षिकाले होमको आमालाई फोन गरेर सानोतिनो चोट लागेको छ आउनुस् भनेर बोलाएको आमा खिमकुमारी बिकले बताएकी छिन् ।

त्यसपछि तत्काल होमलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा सिटी स्क्यान गर्नपर्छ भनेर मनिपाल रिफर ग¥यो । मनिपाल ईमर्जेन्सीमा भर्ना गरेर उनको शल्यक्रिया गरियो । अप्रेशन गरेका डा. कृष्ण कोइरालाले पहिल्यैदेखि स्वास्थ्य समस्या रहेकाले सोचेजति स्वास्थ्यमा प्रगति नभएको र ब्रेन डेथ भइसकेको बताए ।

होमका आफन्तले सामान्य घाउको निहुँ बनाउन नहुने भन्दै स्कुलले नै जिम्मेवारी लिनुपर्ने बताएका छन् । तर, विद्यालयले भने ट्वाइलेमा भएको झगडामा के गर्न सकिन्छ ? भनेको छ । आमा खिमकुमारीले रुँदै भनिन् ‘ट्युशन पढ्दिन ममी भन्थ्यो, मैले नै पढाएँ । खाना खुवाएर स्कुल पठाएको छोरो यस्तो भयो ।’