गाउँपालिका अध्यक्ष अमर रहेनन्

पाँचथरको फागुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको हृदयघाटबाट मृत्यु भएको छ । 
। शनिबार स्वास्थ्यमा समस्या देखाएपछि उपचारका लागि इलाम पु¥याइएको थियो ।

उनको इलाममै मृत्यु भएको हो । वडाले आयोजना गरेको क्षमता विकास तालिम कार्यक्रममा बोल्ने क्रममा बेहोस भएका थिए । इलामबाट झापा तर्फ लैजाने तयारीका क्रममा उनको निधन भएको हो । उनी स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट विजयी भएका थिए । उनी साहित्यकारसमेत हुन ।