समाचार

अमेरिकाको अन्तरिक्षमा अरोरा होटल

एजेन्सी– अमेरिकाले अन्तरिक्षमा पहिलो पटक होटल बनाउन लागेको छ । २०२१ मा होटलको स्थापना गरेर २०२२ देखि गेस्ट लैजाने योजना अमेरिकाको छ ।  १२ दिनको स्पेट ट्राभल टुरमा छ जना यात्री होटलमा बस्न सक्छन् । होटलमा जान एक व्यक्तिलाई ९.५ मिलियन डलर रुपैयाँ खर्च लाग्ने छ ।  होटलको नाम अरोरा राखिएको छ । यो होटल अमेरिकाको ओरायन स्पान कम्पनीले निर्माण गर्नेछ ।  ओरायन स्पानका संस्थापक तथा सिइओ फ्रेंक बन्जरका अनुसार… पुरा पढौ

टिपरको ठक्करबाट बालिकाको मृत्यु, सुन्दरहरैंचा तनावग्रस्त

मोरङको सुन्दरहरैंचा नगरपालिकामा टिपरको ठक्करबाट सोमबार ११ वर्षीया बालिकाको ज्यान गएपछि स्थिति तनावग्रस्त बनेको छ। विराटनचोकबाट विराटनगर जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा–९ की लक्ष्मी ढकालको मृत्यु भएको हो । बाटो काट्दै गरेकी बालिकालाई तीब्र गतिको टिपरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको बेलबारी प्रहरीले जनाएको छ । दुर्घटनामा परेको टिपरमा स्थानीयले आगो लगाएका छन्। प्रहरीका अनुसार टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीय प्रदर्शनमा निस्केका छन्… पुरा पढौ

पहिरोमा पुरि हराइरहेका दुई गोठालाको खोजीमा नेपाली सेना परिचालन

, ओडारमा भेडाबाख्रासहित पहिरोले पुरिएर हराइरहेका दुई गोठालाको खोजी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र पहरीले संयुक्त रुपमा गर्ने भएका छन् ।  उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङ नजिकै आइतबार बिहान पहिरोमा ओडार पुरिएकाले ४५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ त्यसमै परेको हुनसक्ने आशङ्का गरिएको छ ।  प्रदेशसभा सदस्य जगत सिंखडा, पूर्व गृहमन्त्री बुद्धिमान तामाङ, सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले सो क्षेत्र अवलोकन गरी सदरमुकाम फर्केपछि जिल्ला दैवी… पुरा पढौ

पश्चिमी वायूको प्रभाव,बुधबारदेखि फेरि पानी पर्ने सम्भावना

 केहि दिनदेखि रोकिएको वर्षात फेरि दोहोरिने भएको छ । गत सातादेखि जारी पश्चिमी वायूको प्रभाव यो साता पनि कायम रहने देखिएको छ । बुधबारदेखि फेरि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अघिल्लो सोमबार आएको पश्चिमी वायूको प्रणालीले देशभर कहीं वर्षा र कहीं भारी हिमपात भएको थियो । त्यसको प्रभाव नसकिँदै अर्को पश्चिमी वायू नेपाल पसेको थियो । त्यसले शुक्रबार र शनिबार वर्षा गराएको थियो । त्यो प्रणाली… पुरा पढौ

सवारी लाइसेन्सको नविकरण समयावधि १० वर्ष बनाउने

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को समयावधि १० वर्ष बनाउने तयारी गरेको छ । लाइसेन्सको समयावधि ५ वर्ष मात्रै हुँदा नागरिकले दुःख पाएकोले संघीय यातायात ऐनको मस्यौदामा १० वर्षको प्रस्ताव गरिएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जनाएका छन् । नेपालीहरू लामो समय विदेशमा बसिरहेका हुन्छन, त्यो बेलासम्म लाइसेन्सको म्याद सकिनेजस्ता समस्यालाई ध्यान दिएर लाइसेन्सको अवधि बढाउने तयारी गरेका हौं, उनले भने । ऐन पारित भएपछि बन्ने लाइसेन्सको अवधि १०… पुरा पढौ

सोनाम ल्होसारमा बिदा

तामाङ समुदायको सांस्कृतिक पर्व ड्वाल्हो सोनाम ल्होछारका लागि यहाँका स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । तामाङ समुदायको बाहुल्य रहेका चौँरीदेउराली गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ भने तेमाल, महाभारत र रोशी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएका छन् । चौँरीदेउराली गाउँपालिका तामाङ समुदायको आदिभूमि रहेकाले पर्व, धर्म, संस्कृति, संरक्षण र संवद्र्धन गर्नु सरकारको दायित्व रहेको जनाउँदै गत बिहीबारको बैठकले यही माघ २२ र २३ गते दुई दिन सार्वजनिक… पुरा पढौ

सिटी रेवान महोत्सवका लागि विभिन्न उपसमिति

पोखरा नगर रेस्टुरेन्ट तथा बार एसोसिएन (सिटी रेवान) पोखराको आयोजनामा हुने सातौं सिटी रेवान महोत्सव तथा फुड फेस्टिबलको तयारीलाई तीव्र पारिएको छ । फागुन १७ देखि २५ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी गर्न विभिन्न उपसमिति गठन गरिएको छ । रेवान अध्यक्ष दीपक तिमिल्सिनाको मूल संयोजकत्वमा १२ वटा उपसमिति चयन गरिएको छ । अतिथि व्यवस्थापनमा धर्मबन्धु सुवेदी, प्रचारप्रसारमा जीवन दाहाल, सचिवालयमा सागर लुइँटेल, अनुगमनमा चिरञ्जीवी श्रेष्ठ, सुरक्षा तथा संघसंस्था समन्वयमा केपी… पुरा पढौ

८विधेयक पास, बन्यो शक्तिशाली लेखा समिति

पोखरा महानगरको चौथो नगरसभाले शुक्रबार पेस भएका ८ वटा विधेयक सर्वसम्मत पारित गरेको छ । पोखरा १९ का वडाध्यक्ष तथा विधान समितिका संयोजकसमेत रहेका शोभामोहन पौडेलले नगरसभाको पहिलो दिन विधेयक प्रस्तुत गरेका थिए । शुक्रबार नगरसभामा प्रस्तुत भएको विधेयकउपर शनिबार छलफलपछि आइतबार सर्वसम्मत पारित भएको महानगरका प्रवक्ता नेपालीले जनाए । नगरसभामा आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्ने, खेलकुद विकास, नगर प्रहरी, पर्यटन विकास, पूर्वाधार व्यवस्थापन, सुशासन, आर्थिक ऐन र सहकारी… पुरा पढौ

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रियसभामा पेश हुदैँ

प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद प्रतिनिधिसभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रियसभामा पेश हुने भएको छ । विधयकलाई लिएर सदन र सडकमा विरोध भइरहेका बेला सरकारले राष्ट्रिय सभामा विधेयक पेश गर्ने तयारी गरेको हो । आज विहान ११ बजे बस्ने बैठकमा विधेयकलाई कार्यसूचीको पहिलो नम्बरमै राखिएको छ । प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५ टेबुल गरिने संसद सचिवालयले जनाएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकबाट कांग्रेसको विरोध र… पुरा पढौ

नेपाल खेलकुद पत्रकार मञ्च ,गण्डकीको प्रथअधिवेशन फागुन २५ गते

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको प्रथम अधिवेशन मिति तय गरिएको छ । मञ्चको शनिबार सम्पन्न भेलाले फागुन २५ गते अधिवेशन गर्ने निर्णय गरेको हो । संघीय संरचनाअनुरुप जिल्लास्तरको मञ्च प्रदेशस्तरमा जाने गरी सोहीअनुरुप विधान दर्ता भएको छ । पत्रकार केशव पाठक अध्यक्ष रहेको तदर्थ समिति ११ सदस्यीय छ । यस्तै, मञ्चले सम्पन्न गरेको तेस्रो संस्करणको टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डको आयव्ययसमेत सार्वजनिक गरेको छ । पिकनिकबीच भएको सो कार्यक्रममा मञ्च… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं