२५ रुपैयाँमा पशुको कृत्रिम गर्भाधान

जिल्लामा कृत्रिम गर्भाधान केन्द्रको स्थापना भएको छ । गोरखा नगरपालिका ११ स्थित बाह्रकिलोमा गण्डकी प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहने गरी केन्द्रको स्थापना गरिएको हो ।

जिल्लाभित्रका कृषककोे घरपालुवा पशुबस्तुमा कृत्रिम गर्भाधानका लागि सेवा प्रदान गर्न केन्द्रको स्थापना गरिएको मन्त्रालयका पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा मनबहादुर पुनले जानकारी दिए । ‘यो कार्यालयले तत्कालका लागि गोरखा नगरपालिकासहित आसपासका क्षेत्रमा सेवा पु¥याउने योजना छ’, उनले भने, ‘विस्तारै गाउँपालिकासँग समन्वय गरेर यसले कार्यक्षेत्र विस्तार गर्दै लैजान्छ ।’

सेवा केन्द्रले शुक्रबारैदेखि सेवा सुरु गरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिए । केन्द्र स्थानपना भएसँगै व्यावसायिकरुपमा गाई, भैंसी, बाख्रालगायतका पशुवस्तु पालन गर्ने कृषकलाई सजिलो भएको उनको भनाइ छ । केन्द्रमा ल्याएर १ पशुवस्तुको कृत्रिम गर्भाधान गरेमा २५ शुल्क बुझाउनुपर्छ । केन्द्रबाट घरपालुवा पशुबस्तुमा लाग्ने सबै खालका रोगको उपचारसमेत गरिने व्यवस्था रहेको प्रमुख ठाकुरले जानकारी दिए । केन्द्रमा तत्कालका लागि १ जना पशु सेवा प्राविधिकले सेवा प्रदान गर्ने उनले बताए ।

एउटामात्र केन्द्रले जिल्लाभरिका आवश्यकता पूरा गर्न नसक्ने भन्दै छिट्टै गाउँपालिकासँग समन्वय गरी तालीम दिएर सबै गाउँपालिकामा सेवा पु¥याउने उद्देश्य रहेको उनको भनाइ छ । गण्डकी प्रदेशका कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले शुक्रबार केन्द्रको एक कार्यक्रमका बीच उद्घाटन गरे ।