समाचार

साधारणसभा तथा बिधान अधिवेशनको तयारीस्वरुप उपसमिति गठन

नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा तथा बिधान अधिवेशनको तयारीस्वरुप विभिन्न उपसमिति गठन भएका छन् । यही फाुगन ९ र १० गते गण्डकी प्रदेशको राजधानी पोखरामा हुने अधिवेशनको तयारी गर्नको लागि महासंघ कास्की शाखाको बैठकले आवास, भोजन, प्रकाशन, स्मारिका सम्पादन, प्रचारप्रसार, सुरक्षा, सास्कृतिक, रजिष्ट्रेशन, स्वास्थ्य लगायत विभिन्न दुई दर्जन उपसमिति निर्माण गरेको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए। महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सातै प्रदेशका अध्यक्ष तथा… पुरा पढौ

कैलालीका तीन स्थानमा माघ २ गते सार्वजनिक बिदा

माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन् ।  टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि बिदा थप गरेका हुन् । टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले थारू समुदायको मुख्य पर्व अरु समुदायले पनि महत्व दिएर मनाउने भएकाले टीकापुर नगरपालिकामा माघ २ गते बिदा दिनुपरेको बताए ।  सार्वजनिक बिदाका दिन स्थानीय तहका कार्यपालिका कार्यालय,… पुरा पढौ

एक किलो सुनसहित तीन महिला पक्राउ

 काठमाडौ न्यूरोडबाट एक किलो सुनसहित तीन महिला पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले सोमबार दिउँसो इन्द्रचोकबाट उनीहरुलाई सुनसहित पक्राउ गरेको हो । उनीहरुलाई सुन किनबेच गरिरहेको अवस्था नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ परेका महिला कालिकोटका भए पनि उनीहरुको परिचय गोप्य राखिएको छ । पक्राउ पर्नेमा एक जना सुन व्यापारी समेत छन् । अन्य दुई जना भने सुन तस्करीका भरिया… पुरा पढौ

ट्रम्पले दिए टर्कीलाई ध्वस्त पार्ने धम्की !

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियाबाट अमेरिकी सेना फर्किएपछि कुर्द समुदायमाथि हमला गरे ‘टर्कीलाई आर्थिक रुपले ध्वस्त पार्ने’ धम्की दिएका छन् । आइतबारका दुई ट्विटमा राष्ट्रपति ट्रम्पले ‘कुर्दहरुले पनि टर्कीलाई भड्कउने केही गतिविधि नगरून्’ भन्ने आफ्नो चाहना व्यक्त गरे ।   उत्तरी सिरियामा अमेरिकी फौज कुर्दिस लडाकुसँग मिलेर आइएस लडाकुविरुद्ध लड्दै आएको छ । उता, टर्की भने कुर्दिस समूह पिकेके र वाइपिजीलाई आतंककारी मान्दछ । टर्किस राष्ट्रपति रिसेप तैयप अर्डोआन अमेरिकाले कुर्दहरुलाई… पुरा पढौ

मन्त्री रवीन्द्र अधिकारीले बोलेअर्काे झुट

संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिद प्रकरणमा अर्को झूटो अभिव्यक्ति दिएको खुलासा भएको छ । गत साता मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालतबाट भएको फैसलाका आधारमा रकम भुक्तानी गरेको बताएका थिए। यथार्थमा वाइडबडी विमानको सम्पूर्ण भुक्तानी भइसकेर दुईवटै विमान आएपछि मात्रै सर्वोच्चको फैसला आएको खुलेको हो। ‘मैले मन्त्रालयको जिम्मेवारी सम्हाल्नुअघि २०७४ साल मंसिर २७ गते सर्वोच्च अदालतबाट वाइडबडी खरिद सम्बन्धमा निगमद्वारा प्रकाशित बोलपत्र कानुनको अख्तियारीभित्र… पुरा पढौ

यसकारण बम्जन सार्वजनिक हुन चाहेनन्

रामबहादुर बम्जनसम्बद्ध बाधी श्रवण धर्म संघले माघ ६ गतेबाट सिन्धुलीस्थित आश्रममा मैत्री धर्म प्रज्ञा प्रशिक्षण तथा विश्व शान्ति महामैत्री पूजाको आयोजना गर्दै छ । त्यहाँ धार्मिक सम्बोधन गर्ने भन्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि बम्जन सार्वजनिक नहुने जनाइएको छ । आफ्नै अनुयायी बेपत्ता पारेको र आनीहरुमाथि यौन दुव्र्यवहारको आरोप लागेका बम्जन सुरक्षा चुनौतीका कारण सार्वजनिक हुन नखोजेको आयोजकले बताएको छ ।आश्रममा हुने पूजामा स्वदेश तथा विदेशका धार्मिक व्यक्तिहरुको उपस्थिति रहने बोधी… पुरा पढौ

८० वर्षमा उजेलीले पाइन् नागरिकता

तनहुँको आँबुखैरेनी गाउँपालिका ६ हिलेखर्क निवासी उजेली गुरुङले ८० वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन् । जिल्ला प्रशासन कार्यालय तनहुँद्वारा पुस २९ र ३० गते सञ्चालित घुम्ती शिविरमा गुरुङले नागरिकता लिएकी हुन् । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत रामप्रसाद ढकालले उनलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए । प्रशासनले हरेक महिना १ स्थानीय तहमा पुगी जनतालाई सेवा दिने योजना बनाएको छ । शिविरबाट १ सय १२ जनाले नागरिकताको प्रमाणपत्र बनाएका… पुरा पढौ

क्षत्री समाजको महाधिवेशन चैत २३ र २४ मा

क्षत्री समाज नेपालको केन्द्रीय महाधिवेशन चैत २३ र २४ गते पोखरामा हुने भएको छ । दमौलीमा भएको केन्द्रीय विस्तारित बैठकले यो निर्णय गरेको हो । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकतासहित जातीय जनसंख्याका आधारमा पूर्ण समानुपातिक व्यवस्थालाई कार्यान्वयन गराउन समाजको नेतृत्व चयन गर्न महाधिवेशन निर्णायक बन्ने केन्द्रीय सचिव कृष्ण थापाले बताए । महाधिवेशनलाई वृहत सहभागितासहित समाजले लिएका माग र मुद्दालाई संस्थागत गराउन निर्णायक रुपमा अगाडि बढाइने भएको छ… पुरा पढौ

प्रमिला तझ्यालाई सिद्धी सेतुली स्मृति पुरस्कार

सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराले ‘सिद्धि–सेतुली स्मृति पुरस्कार’ समाजसेवी प्रमिला तझ्या श्रेष्ठ र ‘सानिमा स्मृति पुरस्कार’ समाजसेवी हेमबहादुर गुरुङलाई प्रदान गरिने भएको छ । प्रत्येक २ वर्षमा प्रदान गरिने सिद्धि–सेतुली स्मृति पुरस्कारको राशि १० हजार र सम्मानपत्र छ । यस्तै संस्थापक संरक्षक विश्वरत्न शाक्यकी सानिमाको स्मृतिका स्थापित १० हजार राशिकै ‘सानिमा स्मृति पुरस्कार पहिलो पटक प्रदान गर्न लागिएको हो । अपांगता भएका हेमबहादुर गुरुङ अपाङ्गता अधिकार अभियन्ता हुन् । उनी हिँडडुल… पुरा पढौ

भगवती र युवाज्योतिका विद्यार्थीलाई न्यानो

सामाजिक जागरणका लागि नारी अभियान नेपालकाे लक्षित वर्गका विद्यार्थीलाइ न्यानाे कपडा वितरण कार्यक्रम निर्तर सञ्चालन भैरहेको छ । पाचौं चरणकाे कार्यक्रम अनुरुप साेमवार पाेखरा २२ पुम्दीभुम्दीका २ विद्यालयमा कपडा वितरण तथा सचेतना जागरण सम्पन्न भएको छ। अन्य कार्यक्रममा अतिथि मञ्चमा बस्ने विद्यार्थी भुइमा बस्ने हुन्छ भने दुइवटै कार्यक्रममा सांसद सहितका अतिथि उभिएएर सञ्चालन गरेका थिए । विद्यार्थी भने कुर्सी तथा कार्पेटमा बसेर न्यानाे कपडा लगाए । गण्डकी प्रदेशका सांसद राजिव… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं