राष्ट्रिय जनता पार्टी नेपालले संयोजकको जिम्मेवारी यादवलाई

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी महेन्द्र राय यादवलाई दिने निर्णय गरेको छ ।  

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले चक्रीय प्रणालीअनुसार यही माघ ६ गतेदेखि अध्यक्षमण्डलका सदस्य यादवलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले दिए ।   

बैठकले सहिद परिवारलाई सहयोग गर्न सहिदको सम्मानस्वरूप बलिदानी दिवसका अवसर पारेर ‘सहिद कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरी, यही माघ १६ गते केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा जिल्ला सदरमुकाममा सदस्यता अभियानको समीक्षा बैठक गर्ने निर्णय समेत गरेको छ ।