समाचार

एअरपोर्ट चलाउन काटिएका ४ सय रुख अलपत्र

साढे २ दशकदेखि अलपत्र बलेवा विमानस्थल सञ्चालनका लागि भन्दै विगत १ वर्षअघि काटिएका रूख अलपत्र परेका छन् । सामान्यतया संरक्षित वनका रूख काट्न डिभिजन वन कार्यालयको अनुमति लिनुपर्छ । लिएर कटान गरेपछि त्यसको तथ्याङ्क बनाउनुपर्ने, निकासी गर्ने भए सोहीअनुसारको राजश्व तिर्नुपर्ने व्यवस्था भए पनि अहिलेसम्म त्यसको व्यवस्थापन हुन सकेको छैन । आन्तरिक रूपमा खपत गर्ने भए सामुदायिक वन उपभोक्ता समितिले आम भेला गरेर उपयोग गर्ने नीति बनाउनुपर्ने प्रावधान छ ।… पुरा पढौ

नक्कली मह बेच्ने पक्राउ

नवलपरासी पश्चिम नवलपरासीमा नक्कली महको उत्पादन गरी सक्कली मह सरहको मूल्य लिएर व्यापार हुँदैआएको पाइएको छ । राजमार्ग नजिकै घर भाडामा लिएर लामो समयदेखि नक्कली मह बनाउने काममा सक्रिय हँुदै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएपछि नक्कली महको व्यापार हुँदै गरेको सार्वजनिक भएको हो । बजारमा महको माग उच्च छ । मह बिक्रीका लागि भन्दै शहर बजारदेखि घरघरमा व्यवसायी आउने गर्दछन् । माग उच्च भएपछि व्यवसायीले नक्कली मह… पुरा पढौ

ट्रक दुर्घटना हुँदा चार घाइते

उत्तरी रसुवाको याङ्याङ पाखामा मालवाहक ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान ११ः३० बजे सिमेण्ट बोकी रसुवागढीतर्फ जाँदै गरेको ना ५ ख ५२०३ नंको बाह्रचक्के एलपी ट्रक दुर्घटनामा परेको थियो । घाइतेको रसुवा अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौँ लाने तयारी भरहेको बताइएको छ । (रासस) पुरा पढौ

नागरिकको सहायताबिना अपराध पत्ता लगाउन नसकिने खनालको भनाइ

नेपाल प्रहरीले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकामाथिको हिंसा अन्त्यका लागि पनि अभियाननै संचालन गर्ने भएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने महिला तथा बालबालिकाको हिंसा अन्त्यका लागि अभियाननै संचालन गर्ने घोषणा गर्नु भएको हो ।उनले त्यसका लागि महिला संजाल र महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघ, संस्थाहरुसँग सहकार्य गरेर अघि बढने योजना पनि अघि सारे । आईतबार महानगरीय परिसर, टेकूकै हाताभित्र निर्माण गरिएको नागरिक सहायता कक्ष… पुरा पढौ

चिलीको उत्तरी भेगमा ६.७ म्याग्नीच्यूडको भूकम्प

दक्षिण अमेरिकी राष्ट्र चिलीको उत्तरी भेगमा ६ दशमलब ७ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । अमेरिकी सर्भेका अनुसार जमिनबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको उक्त भूकम्पको केन्द्रविन्दु चिलीको कोकिम्बो शहरबाट करिब १५ किलोमिटर दक्षिण पश्चिममा रहेको थियो । भूकम्पको अनुभव चिलीका भालपाराइसो, हिग्गीन्स र राजधानी सान्टियागोका साथै अटाकामा र कोकिम्बोमा गरिएको थियो । भूकम्पपछि हजारौं घरमा विद्युत सेवा अबरुद्ध भएको थियो । राष्ट्रिय विपद कार्यालयका रिकार्डो टोरोका… पुरा पढौ

फेन्सी तथा रेडिमेड व्यवसायी संघको अध्यक्षमा प्रदीपकुमार

फेन्सी तथा रेडिमेड व्यवसायी संघको अध्यक्षमा प्रदीपकुमार मुल्मी निर्वाचित भएका छन् । सम्पूर्ण पदमा निर्वाचत भएको थियो । प्रतिस्पर्धी पवित्रमणि पोखरेललाई पराजित गर्दै मुल्मी अध्यक्ष भएका हुन् । मुल्मीले २३१ मत ल्याउन पोखरेलको पक्षमा २१५ मत आएको थियो । शनिबार सम्पन्न छैटौं अधिवेशनले प्रथम उपाध्यक्षमा राजु पौडेललाई निर्वाचित गरेको छ । पौडेलकोे पक्षमा २३६ मत आएको छ भने प्रतिस्पर्धी ओम गुरुङको २०७ मत आएको छ । द्वितीय उपाध्यक्ष एकनारायण पनेरु… पुरा पढौ

बम दिदी,बहिनी ज्यानको सुरक्षा माग्दै काठमाडौंमा

 बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको घटनामा मुछिएका बम दिदी बहिनी बबिता र रोशनी ज्यानको सुरक्षा माग्दै काठमाडौं आइपुगेका छन् । लगातारको धम्कीका कारण घरमा बस्न सक्ने स्थिति नभएको भन्दै उनीहरुले सरकारसँग ज्यूँ ज्यानको सुरक्षाको माग गरेका छन् । मानव अधिकारकर्मीहरुले समेत आफूहरुलाई धम्की दिएको बताउँदै उनीहरु भन्छन्, ‘हामी ज्यूँदो निर्मला हौं, हाम्रो समस्या बुझ्ने र न्याय दिने कोही भएन ।’ प्रहरीले दुवैलाई पक्राउ गरेर अनुसन्धान गरे पनि उनीहरुबिरुद्ध कुनै… पुरा पढौ

शान्ति सङ्ग्रहालय बनाउदैँ नगरपालिका

 म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले बेनी बजारलाई सुरक्षित बनाउन बाढीको निकासका लागि व्यवधान बनेका दुई घरलाई खरीद गरेर बाढीको सहज निकास दिने र पिपलडाँडामा ‘शान्ति सङ्ग्रहालय’ बनाउने निर्णय गरेको छ ।  बेनी नगर कार्यपालिकाको बैठकले बर्खामा बजारमाथिको पाखोबाट आउने बाढीलाई सहजरुपमा निकास दिन र व्यवस्थापन गरी बेनी बजारको क्याम्पस चोकलाई सुरक्षित गर्न बाढीको निकासका लागि व्यवधान बनेका स्थानीय मीन सापकोटा र विष्णु शर्माको घरलाई किनेर बाढीको सहज निकास गराउने… पुरा पढौ

राष्ट्रिय जनता पार्टी नेपालले संयोजकको जिम्मेवारी यादवलाई

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी महेन्द्र राय यादवलाई दिने निर्णय गरेको छ ।   पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले चक्रीय प्रणालीअनुसार यही माघ ६ गतेदेखि अध्यक्षमण्डलका सदस्य यादवलाई संयोजकको जिम्मेवारी दिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले दिए ।    बैठकले सहिद परिवारलाई सहयोग गर्न सहिदको सम्मानस्वरूप बलिदानी दिवसका अवसर पारेर ‘सहिद कल्याण कोष’ स्थापना गर्ने निर्णय गरेको छ । त्यसैगरी, यही माघ १६ गते केन्द्रीय… पुरा पढौ

‘१०० कडा १०’ ले युवाको कथा भन्छ : मनोज

हाँस्य विधामार्फत रंगकर्मबाट कलाकारितामा प्रवेश गरेका मनोज गजुरेलले चलचित्र ‘१०० कडा १०’ ले पोखराको पर्यटन क्षेत्रको प्रर्वद्धनको प्रचारप्रसारमा थप टेवा पुर्‍याउने बताएका छन् । ‘कुनै पनि क्षेत्रमा कला मार्फत गरिएको प्रचारले बढी प्रभावकारिता पाउछ’, उनले भने, ‘१०० कडा १० मा पनि पोखराको मनोरम दृश्यको राम्रो प्रचार भएको छ ।’ चलचित्रमा युवाको कथा, प्रेमको कथालाई समेटिएको उनले बताए । देशको विकराल समस्याको रुपमा रहेको भष्टचारको विरोधमा उठाइएको आवाज १०० कडा १०… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं