प्रमिला तझ्यालाई सिद्धि–सेतुली स्मृति पुरस्कार

- सानिमा स्मृति पुरस्कारबाट हेमबहादुर गुरुङलाई सम्मान

समाजसेवी प्रमिला तझ्यालाई सिद्धि–सेतुली स्मृति पुरस्कारबाट सम्मान गरिएको छ । सिद्धि–सेतुली स्मृति प्रतिष्ठान पोखराले सोमबार आयोजना गरेको तझ्यालाई सम्मान गरिएको हो ।

सोही कार्यक्रममा सानिमा स्मृति पुरस्कारबाट हेमबहादुर गुरुङलाई सम्मान गरिएको छ । प्रतिष्ठानका संस्थापक संरक्षक विश्व शाक्यले आमा सेतुलीमायाको १२ औं तिथि तथा सानिमाको वार्षिक तिथिको सन्दर्भमा एकल महिला प्रमिला तझ्या तथा शारीरिक अपांग हेमबहादुर गुरुङलाई सम्मान गरिएको बताए ।

समारोहमा डा. कुमारसम्शेर राणा, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुरेशराज राजभण्डारी, प्रतिष्ठानका संस्थापक संरक्षक विश्व शाक्य, प्रतिभा छनोट समिति संयोजक नारायण कार्की, पश्चिमाञ्चल विकास मञ्चका सचिव धर्मराज बराल, नागरिक समाज पोखराका पूर्व संयोजक रामबहादुर पौडेल, प्रतिष्ठानका अध्यक्ष नरेन्द्रमान लालचन, उपाध्यक्ष विद्या गुरुङ, सहसचिव कल्याण पन्त लगायतले बोलेका थिए ।