पश्चिमाञ्चल क्याम्पसमा अन्तरकृया

त्रि. वि. ई.अ.स पश्चिमाञ्चल क्याम्पस लामाचौर पोखरामा Electronic Nano Technology बिषयमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मा भारतको कोलकत्ता स्थीत जोधपुर बिश्वबिद्यालयका प्राध्यापक तथा Technology का Professional बिश्वको नै ठुलो सस्था IEEE का पुर्व Vice President प्राध्यापक डा. श्री चन्दन कुमार सरकारले Nano Technology र त्रि वि भौतिक शास्त्र केन्द्रिय बिभागमा कार्यरत उप प्राध्यापक डा. सन्जु श्रेष्ठले  Low Dimensional Device को बारेमा कार्यपत्र पेश गर्नु भएको थियो ।

पश्चिमाञ्चल क्याम्पसको Research Management Unit ले आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता RMU का संयोजक तथा पुर्व क्याम्पस प्रमुख डा. कृष्णराज अधिकारीले गर्नुभएको थियो भने उपस्थीत सम्पुर्णलाई स्वागत मन्तब्य पश्चिमाञ्चल क्याम्पस को सेन्टर फर स्पेस साइन्स का निर्देशक डा. कृष्ण प्रसाद भण्डारी ले गर्नुभएको थियो । ५० जनाको उपस्थीती रहेको र उपस्थीत सम्पुर्ण बिषेशज्ञ तथा सहभागीहरुलाइ क्याम्पस प्रमुख श्री रामप्रसाद पौडेल ले धन्यबाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रम पश्चिमाञ्चल क्याम्पस को इलेक्ट्रोनिक्स तथा कम्प्युटर इन्जिनियरिङ बिभागको मल्टिमिडिया हलमा मेकानिकल बिभागका बिभागिय प्रमुख डा. प्रबिज जोशीले संचालन गर्नुभएको थियो ।