समाचार

भैँसी सुन्दरी प्रतियोगिताका सम्पन्न ,उत्कृष्ट भैँसीधनीलाई लैनो भैँसी उपहार

सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ । कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारवापत लैनो भैँसी प्रदान गरिएको छ । कोशी गाउँपालिकाले आयोजना गरेको सो भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई लैनो भैँसी इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले दिएका हुन् ।उनले व्यक्तिगत रु एक लाख ५० हजारमा लैनो भैँसी खरीद गरेका थिए… पुरा पढौ

कार्यक्षेत्रमा ज्यान गुमाएका २८ सय ७ सुरक्षाकर्मीलाई शहीद घोषणा

नेपाल सरकारले कार्यक्षेत्रमा ज्यान गुमाएका २ हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर ज्यान गुमाएकाहरुलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो । सरकारले शहीद दिवसको अवसर कार्यक्षत्रमा खटिएका बेला ज्यान गुमाएकाहरुलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो । शहीद घोषणा गरिएकाहरुमा सबैभन्दा धेरै नेपाल प्रहरीबाट एक हजार ४४८ जना, नेपाली सेनाका एक हजार १८,… पुरा पढौ

कार र भ्यान एकआपसमा ठक्कर खाँदा १२जनाको मृत्यु

कार र भ्यान एकआपसमा ठक्कर खाँदा तीन बच्चाहरु सहित १२ जनाको ज्यान गएको छ । यो घटना राती १२ बजे आसपास भएको जनाइएको छ ।मृतक सबैं उज्जैन(मध्यप्रदेश)का स्थानीय रहेको प्रहरीले जनाएको छ ।तिनीहरू सबै विवाह महोत्सवमा सहभागि हुन नागाडाबाट बिरलाग्राम गएका थिए । विवाह उत्सवमा भाग लिएर फर्कदै गर्दा भ्यान र कार एक आपसमा ठोक्कीएर दुर्घटना भएको हो ।भ्यानमा सवार दीपक केटले बताए कि उज्जैनबाट आइरहेको कारले तिव्र गतिमा भ्यानलाई… पुरा पढौ

सेतीनदीको तल्लोखेत घाट बन्द गर्न स्थानीयवासीले गरे आग्रह

 पोखरा महानगरपालिकाको दक्षिण भेगस्थित सेतीनदीको तल्लोखेत घाट बन्द गर्न स्थानीयवासीले माग गरेका छन् ।  घाट सञ्चालन गरी नदीजन्य वस्तु उत्खनन गर्दा सो क्षेत्रको बस्तीसहित पृथ्वीराजमार्ग उच्च जोखिममा पर्ने भन्दै स्थानीयवासीले सो घाट बन्द गर्न माग गरेका हुन् । कास्की जिल्ला समन्वय समितिका संयोजक वैनबहादुर क्षेत्री, प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासहितको टोलीले सो क्षेत्रको अनुगमनका लागि सोमबार त्यहाँ पुग्दा भौगोलिक संरक्षणका लागि स्थानीयवासीले घाट बन्द गर्न आग्रह गरे ।  स्थानीयवासी इन्द्र… पुरा पढौ

कल बाइपास गर्ने उपकरणसहित एक भारतीय नागरिक पक्राउ

नेपालगञ्ज नाकाबाट कल बाइपास गर्ने उपकरणसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले सोमबार नेपालबाट भारततर्फ जाँदै गर्दा कल बाइपास गर्ने विभिन्न उपकरणसहित भारत मध्यप्रदेश जवलपुरका ओरुब चटर्जीलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक वसन्त बस्नेतले जानकारी दिए । चटर्जीको साथबाट कल बाइपास गर्ने उपकरण, एनसेलको १० र नेपाल टेलिकमका दुई थान सीम तथा भारतीय नंका सीमकार्ड नौ थान, एटिएम कार्ड, तीन थान मोबाइल र… पुरा पढौ

हवानामा शक्तिशालीआँधी, कम्तिमा १७२ जना घाइते ३ को मृत्यु

क्युवाको राजधानी हवानामा शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने कम्तिमा १७२ जना घाइते भएका राष्ट्रपति मिगुएल दायज क्यानेलले सोमबार बताएका छन् । क्यानेलले ट्वीटरमा लेखेका छन्, “आइतबार राति हवानाको रेग्ला नगरमा आएको आँधीका कारण निकै धेरै क्षति पुगेको छ । अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने १७२ जना घाइते भएका छन् । घटनास्थलमा सयौँको सङ्ख्यामा सुरक्षाकर्मी उद्धारका लागि खटिरहेका छन् ।” आँधीका कारण हवानाका कैयौँ नगरहरूमा… पुरा पढौ

बलात्कृत भएकी बालिकाको पेटमा ३ महिनाको बच्चा

इटहरी २० तरहरामा एक बालिका बलात्कृत भएकी छन् । कम उमेरको बालिकालाई फरक-फरक समयमा बलात्कार गरेकाे आरोपमा तरहराका ३ युवालाई प्रहरीले पक्राउ गरेको छ । बालिकाको पेटमा ३ महिनाको बच्चा भएको थाहा पाए सँगै बालिकाको परिवारले इलाका प्रहरी कार्यलय इटहरीका जवरजस्ती करणीको उजुरी दिएका थिए । साेही उजुरीका अाधारमा ३ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । बलात्कारको आरोपमा इटहरी २० का २२ बर्षिय प्रकाश खड्का, २३ बर्षिय… पुरा पढौ

विश्वकै दुर्लभ बिरालो भेटियो पाँचथरमा

 विश्वमै दुर्लभ मानिने मार्बल्ड (छिरबिरे बिरालो) पाँचथरमा भेटिएको छ । जिल्लाको उत्तरपूर्वी याङवरक-२, फलैंचास्थित दुई हजार ७५० मिटर उचाईको जंगलमा राखिएको क्यामेरा ट्रयापमा मार्बल्ड परेको हो । उक्त तथ्यले विश्व वन्यजन्तु संरक्षण र अध्ययनको क्षेत्रमा महत्वपूर्ण अर्थ राख्ने बताइएको छ । मेची-पहाडका ताप्लेजुङ, पाँचथर र इलामका सामुदायिक र राष्ट्रिय वनहरुमा वन्यजन्तुबारे जानकारी संकलन गर्न राखिएको क्यामेरा टूयापमा दुर्लभ मार्बल्ड परेको बताइएको छ । एक सय सात स्थानमा राखिएका क्यामेरामा १७… पुरा पढौ

उपल्लो मुस्ताङका घुम्ती बिद्यालयलाई जग्गा चाहियो

हिमालपारीको जिल्ला मुस्ताङको प्रदेश ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य ईन्द्रधारा बिष्टले जिल्लाका घुम्ती बिद्यालयलाई जग्गा उपलब्ध गराईदिन माग गरेका छन्् । सोमबार प्रदेश सदनको सुन्य समयमा बोल्दै बिष्टले हिमालपारीबाट घुम्ती बिद्यालयका बिद्यालय आर्थिक समस्यामा परेको उल्लेख गदै पोखरा आसपास मर्ज भएका बिद्यालय वा कम्तीमा १० रोपनी जग्गा आवश्यकता परेको उल्लेख गदै प्रदेश सरकारलाई ध्यान आर्कषण गराएका हुन्् । उनले हिउदयामको मौसममा अत्यधिक चिसो हुने,हिमपात पर्ने भएकाले उपल्लो मुस्ताङका स्थानीय… पुरा पढौ

निर्मलाको ‘भजानइल स्वाव’ संग आमाको डीएनए म्याच

कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कापछि हत्या भएको लामो समय बितिसक्दा अपराधीलाई प्रक्राउ गरी कारवाही गर्न नसकेको अवस्थामा उनको ‘भजानइल स्वाव’ माथि नै आशंका गरिएको थियो । सोही कारण मानवअधिकारकर्मी र  महिलाअधिकारकर्मीहरुको सल्लाह र माग बमोजिम निर्मलाकी आमा दुर्गादेवी पन्तले डीएनए टेष्टका लागि रगत दिएकी थिईन् । अन्तत निर्मलाको ‘भजानइल स्वाव’ संग आमाको डीएनए प्रोफाइल म्याच भएको छ । प्रोफाइल म्याच भएसँगै पहिले परीक्षणका लागि पठाइएको ‘भजाइलन स्वाब’ निर्मलाको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं