जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीको चौंथो अधिवेशनले शेखर गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितिको उपाध्यक्ष नारायण सुवेदी, सचिव विजया सुवेदी, सहसचिव गंगाधर बराल र कोषाध्यक्ष शंकर पौडेल छन् । कार्यसमिति सदस्यमा उमादेवी बास्तोला, सूर्यदेवी बञ्जरा, भीम नेपाली, गीता केसी र समुन्द्र सुनार छन् ।
गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले अधिवेशनको उद्घाटन गर्दै प्रदेश सरकारले जनआन्दोलनका घाइतेका सवाललाई आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा सम्बोधन गर्ने बताइन् । ‘चालु आर्थिक वर्षको बजेट बनाउँदा प्रयाप्त छलफल गर्न सकिएन,’ मन्त्री पुनले भनिन्, ‘अहिलेको बजेटमा कुनै किसिमको सम्बोधन गर्न सकिएन, आगामी बजेट निर्माण गर्दा ख्याल गरिनेछ ।’
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले विगतमा दलहरु विभाजित भएको भए राजा फाल्न नसकिने बताए । शान्ति र समृद्धिको एजेण्डा पूरा गर्न सत्तामा रहने पार्टी सबैभन्दा बढी जिम्मेवार बन्नुपर्ने दाबी गर्दै सभापति केसीले सरकार अभिभावक बनेर सबैलाई समेट्न आग्रह गरे ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका उपनिर्देशक नितु गर्तौला, अग्रज मानवअधिकारकर्मी टेकनाथ बराल, शान्तिको लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णुप्रसाद बराल, सहिद भीमसेन दाहालकी पत्नी सविता दाहाल, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष जानकी शर्मा, बेपत्ता योद्धा समाज कास्कीका अध्यक्ष णनाथ बराल, जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीका निवर्तमान अध्यक्ष ढाकाराम पौडेल, इन्सेकका गण्डकी प्रदेश संयोजक शिव खकुरेल, एड्भोकेसी फोरम पोखराका संयोजक सरलाकुमारी पाण्डे लगायतले बोलेका थिए ।




