कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा अपराधी प्रक्राउ पर्न सकेको छैन ।यस्तैमा ठ्याक्कै निर्मला प्रकरण जस्तै बिराटनगरमा पनि बलात्कारको घटना घटेको छ ।
केही दिन अघि छिमेकीको घरमा टिभी हेर्न गएकी ११ वर्षीय बालिका रुपमती दासको शव निर्वस्त्र अवस्थामा गत आईतबार खोलामा फेला पारिएको थियो ।
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले उनको सामूहिक बलात्कारपछि हत्या भएको खुलाएको छ ।घटनाको चौतर्फी बिरोध भईरहेको बेला प्रहरीले २ जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेहरुमा विराटनगर ८ का २५ वर्षीय अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतो रहेका छन् । प्रहरीका अनुसार उनीहरु दुबै जना लागूऔषध प्रयोगकर्ता हुन् नसाको हालतमा बालिकाको बलात्कारपछि हत्या गरेर शव खोलामा फालिदिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
एक अनुसन्धान अधिकृतका अनुसार घाँटी थिचेर पालैपालो बलात्कार गरेपछि बालिकाको मृत्यु भएको थियो ।यता स्थानियहरुले अपराधीलाई चाडै प्रक्राउ गरी कारवाही गर्न माग गर्दे आन्दोलन गरिरहेका छन् । रुपमतीका बुवा रामप्रसाद ठेला चलाउँछन् भने आमा मुन्नीदेवी ज्यालामजदुरी गर्छिन । उता प्रक्राउ परेकाहरुले अपराध स्वीकार गरिसकेका छन् तर प्रहरीले प्रमाण भने जुटाउँन सकेको थिएन।




