प्रेमीसंग मिलेर श्रीमानको हत्या

विराटनगरमा आफनो अवैध सम्बन्ध लुकाउन एक महिलाले श्रीमानको हत्या गरेकीछिन् ।

परपुरूषसँग अवैध सम्बन्ध बढेपछि श्रीमानले थाहा पाउने डरले प्रेमीसँग मिलेर ३२ वर्षीया श्रीमती देवकी सरदारले आफ्नै श्रीमान्को निर्मम हत्या गरेको प्रहरीले जनाएको छ । ३५ वर्षीय श्याम सरदारकोको शव इटहरी उपमहा–नगरअन्तर्गत खनार–१३ स्थित कार्टुन फ्याक्ट्रीअगाडि फेला पारिएको थियो । देवकीले सुपारी दिएर हत्या गर्न लगाएकी थिईन् ।

वैशाख ३१ गतेबाट सम्पर्कविहीन बनेका खनार निवासी ३५ वर्षीय श्याम सरदारको विषयमा प्रहरीले खोजी गर्दा जेष्ठ २ मोटरसाइकलले थिचेको अवस्थामा उनको शव फेला परेको थियो।हत्या गरी मोटरसाइकल दुर्घटना भएको देखाउने प्रयास गरे पनि घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले अनुशन्धान शुरू गरेको थियो।

श्रीमतीलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा श्रीमानको हत्यामा देवकीकै संलग्नता देखिएको हो । शुरूमा सफलता हात नपर्दा उनी त्यत्तिकै रिहा भएकी थिइन् तर प्रहरीले केही समयपछि आवश्यक प्रमाण जुटाएर पुनः पक्राउ गरेपछि प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेका उनले स्वीकारेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख तथा डीएसपी शिवकुमार श्रेष्ठले बताए।

देवकीको बयानपछि उनको प्रेमी मुख्य योजनाकारसमेत रहेका सुनसरी दुहबी–९, छातावेली निवासी वर्ष ३९ का ताहीर मिया, हत्यामा संलग्न दुहबी–९ कै मोहम्मद जाविर हुसेनलाई प्रक्राउ गरी कारवाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।