अर्जुनचौपारी–पोखरा सम्पर्क समाजको साधारणसभा

अर्जुनचौपारी गाउँपालिका–पोखरा सम्पर्क समाजको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनीले अर्जुनचौपारी गाउँपालिकाका ६ वटै वडाको सडक सन्जाललाई जोड्ने काम अघि बढेको बताए ।
स्याङ्जाली सम्पर्क सदनका अध्यक्ष लीलाप्रसाद पंगेनीले११ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी सदनमा टिम बनाउने प्रतिबद्धता जनाए ।

नेकपाका नेता शैलेन्द्र घिमिरेले अजुर्नचौपारी गाउँपालिकालाई देशकै नमुना गाउँपालिका बनाई छाड्ने दाबी गरे । समाजका अध्यक्ष डा.भवानीशंकर पौडेलले संस्थाको गतिविधिका बारेमा जानकारी गराए ।