
कालिका मिडियाले आयोजना गरेको बौद्धिक क्षमताको रोमाञ्चकारी खेल “को बन्छ लखपति”को कलेज चरणको आईतवार पहिलो अडिसनवाट ५६ जना स्टुडियो राउन्डका लागी छनोट भएका छन् ।
आज भएको पहिलो अडिसनमा श्री मेडिकल एण्ड टेक्नीकल कलेल गोन्द्राङवाट ५६ जना छनोट भएका हुन् । अहिले नारायणी नमूना मावि भरतपूरमा अडिसन चलिरहेको छ ।
यसअघि १४ वटा कलेजमा भएको अडिसनबाट २७४ बिद्यार्थी स्टुडीयो राउण्डको लागी छनोटमा परिसकेका छन । अडिसन पछि सजिलै संग नगद रू १ लाख सम्म जित्न सकिने भएकाले अडिसनमा बिद्यार्थीहरुको उत्साहाजनक सहभागीता रहेको छ ।
कार्यक्रमको प्रायोजकहरुमा मेट्स ईन्टरनेशनल र सेन्ट्रल कलेज शहिदचोक नारायणगढ रहेका छन ।