प्रदेश सरकारले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने

प्रदेश २ सरकारले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले सोनाम ल्होसारको दिन माघ २२ गते सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्।

संघिय सरकारले सोनाम ल्होसारको बिदा कटौती गरेपनि प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो। प्रदेश २ मा तामाङ समुदायका बासिन्दाहरुको पनि बसोबास रहेको भन्दै मन्त्री राउतले माघ २२ मा बिदा दिने बताएका हुन् ।