समाचार

छिमेकीकोमा टिभी हेर्न गएकी बालिका मृत अवस्थामा फेला

कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्दा अपराधी प्रक्राउ पर्न सकेको छैन ।यस्तैमा ठ्याक्कै निर्मला प्रकरण जस्तै बिराटनगरमा पनि बलात्कारको घटना घटेको छ । केही दिन अघि छिमेकीको घरमा टिभी हेर्न गएकी ११ वर्षीय बालिका रुपमती दासको शव निर्वस्त्र अवस्थामा गत आईतबार खोलामा फेला पारिएको थियो । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले उनको सामूहिक बलात्कारपछि हत्या भएको खुलाएको छ ।घटनाको चौतर्फी बिरोध भईरहेको बेला प्रहरीले २… पुरा पढौ

जनआन्दोलन घाइते समन्वय समितिमा शेखर

जनआन्दोलन सहिद परिवार तथा घाइते समन्वय समिति कास्कीको चौंथो अधिवेशनले शेखर गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । समितिको उपाध्यक्ष नारायण सुवेदी, सचिव विजया सुवेदी, सहसचिव गंगाधर बराल र कोषाध्यक्ष शंकर पौडेल छन् । कार्यसमिति सदस्यमा उमादेवी बास्तोला, सूर्यदेवी बञ्जरा, भीम नेपाली, गीता केसी र समुन्द्र सुनार छन् । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले अधिवेशनको उद्घाटन गर्दै प्रदेश सरकारले जनआन्दोलनका घाइतेका सवाललाई आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा… पुरा पढौ

अर्जुनचौपारी–पोखरा सम्पर्क समाजको साधारणसभा

अर्जुनचौपारी गाउँपालिका–पोखरा सम्पर्क समाजको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा स्याङ्जा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य नारायणप्रसाद मरासिनीले अर्जुनचौपारी गाउँपालिकाका ६ वटै वडाको सडक सन्जाललाई जोड्ने काम अघि बढेको बताए । स्याङ्जाली सम्पर्क सदनका अध्यक्ष लीलाप्रसाद पंगेनीले११ वटै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरी सदनमा टिम बनाउने प्रतिबद्धता जनाए । नेकपाका नेता शैलेन्द्र घिमिरेले अजुर्नचौपारी गाउँपालिकालाई देशकै नमुना गाउँपालिका बनाई छाड्ने दाबी गरे । समाजका अध्यक्ष डा.भवानीशंकर… पुरा पढौ

कांग्रेसले भन्योः आज सदन अवरुद्ध गर्दैनौं

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा अवरोध नगर्ने भएको छ । डा. केसीको अनशन अन्त्य भएको र कांग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत नै ल्याउने निर्णय सरकारले गरेकाले कांग्रेसले संसद बैठकमा अवरोध नगर्ने भएको हो । डा. गोविन्द केसीको अनशनको सुनुवाइ गर्नुपर्ने र पूर्वप्रधानमन्त्रीद्वयका नाममा रहेको अस्पताललाई संघीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै कांग्रेसले यसअघि पटक पटक संसद बैठक अवरोध गर्दै आएको थियो । संसदमा आफूहरूले दिएको… पुरा पढौ

प्रेमीसंग मिलेर श्रीमानको हत्या

विराटनगरमा आफनो अवैध सम्बन्ध लुकाउन एक महिलाले श्रीमानको हत्या गरेकीछिन् । परपुरूषसँग अवैध सम्बन्ध बढेपछि श्रीमानले थाहा पाउने डरले प्रेमीसँग मिलेर ३२ वर्षीया श्रीमती देवकी सरदारले आफ्नै श्रीमान्को निर्मम हत्या गरेको प्रहरीले जनाएको छ । ३५ वर्षीय श्याम सरदारकोको शव इटहरी उपमहा–नगरअन्तर्गत खनार–१३ स्थित कार्टुन फ्याक्ट्रीअगाडि फेला पारिएको थियो । देवकीले सुपारी दिएर हत्या गर्न लगाएकी थिईन् । वैशाख ३१ गतेबाट सम्पर्कविहीन बनेका खनार निवासी ३५ वर्षीय श्याम सरदारको विषयमा… पुरा पढौ

मालपोतका नायबसुब्बा घुससहित पक्राउ

रु १० हजार रकमसहित मालपोत कार्यालय महोत्तरीका नायबसुब्बा पक्राउ परेका छन् । शनिबार दिउँसो गौशाला नगरपालिका–१ स्थित रामनगरमा सेवाग्राहीसँग रु १० हजार लिइरहेको अवस्थामा कार्यालयका नायबसुब्बा ढकबहादुर कार्की रङ्गेहात पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अप्ताली जग्गा नामसारीका लागि मुचुल्का तयार गरेवापत एक सेवाग्राहीसँग रु १० हजार लिएको र आयोगले पूर्वसूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण… पुरा पढौ

प्रदेश सरकारले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने

प्रदेश २ सरकारले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले सोनाम ल्होसारको दिन माघ २२ गते सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्। संघिय सरकारले सोनाम ल्होसारको बिदा कटौती गरेपनि प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो। प्रदेश २ मा तामाङ समुदायका बासिन्दाहरुको पनि बसोबास रहेको भन्दै मन्त्री राउतले माघ २२ मा बिदा दिने बताएका हुन् । पुरा पढौ

संघीयता नेपालले धान्न सक्दैन — नेता चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालले आर्थिक रुपमा संघीयता धान्न नसक्ने बताएका छन् । राष्ट्रिय जनमोर्चाले शनिबार काठमाण्डौमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले संघीयता अर्कैले बोकाइदिएको भारी भएको उल्लेख गर्दै भारी बिसाउन प्रमुख दलका नेताहरुसँग आग्रह गरे। प्रदेश सरकार कामकाजी नभएर आर्थिक बोझ मात्र थोपरेकोले प्रदेश सरकार खारेज गर्नु पर्छ, केसीले भने प्रदेश सरकार खारेज गरेर स्थानीय तहलाई अझै बलियो बनाउनु पर्छ । नेता केसीले नेपाललाई सिक्किमीकरण गर्न… पुरा पढौ

श्रीमानबाटै ज्यान मार्ने धम्कि आयो भन्दै जापानबाट चेली रुदै काठमाडौँ पुगिन्

६ बर्ष अगाडी बैदेशिक रोजगारको लागि जापान पुगेकी गायिका रेखा थापा मगर आफु अन्याएमा परेको भन्दै न्याय माग्न मिडिया सम्म आइपुगेकि छिन। केहि समय अगाडी देखि आफ्नो श्रीमानले दैनिक रुपमा आफुलाई यातना दिने र चक्कु देखाएर मार्ने धम्कि दिएको र सहदै आउदा पनि आफ्नै भाइबुहारीलाई भगाएको र यो अपराध भयो भन्दा उल्टो २ दिनमा मार्ने धम्कि दिए पछि उनि नेपाल सम्म भाग्दै न्याय खोज्न आएकी हुन्। रेखाको एक छोरी छिन।… पुरा पढौ

मंगलग्रहबाट क्युरिओसिटी रोभरले भन्यो : म काममै ‘बिजी’ छु

वैज्ञानिकहरुले झण्डै झण्डै आशा मारिसकेको अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगलग्रहमा पठाएको क्युरिओसिटी रोभर निष्क्रिय नभएको पाइएको छ । उसले मार्सियन माउन्टेन (मंगलग्रहको पहाड) चढ्दै गरेको सेल्फी तस्बिर पठाएसँगै लामो समययता पृथ्वीसँग सम्पर्कविहीन रहेको रोभर सक्रिय रहेको पाइएको हो ।  उक्त तस्बिर जनवरीको सुरुतिर खिचिएको वैज्ञानिकहरुको भनाइ छ । मंगलग्रहको भेरा रुबिनस्थित रक हल ड्रिल साइटको अविश्वसनीय स्न्यापशट उक्त रोभरले पठाएको नासाले जनाएको छ । उक्त क्षेत्रमा रोभरले करिब १ वर्ष… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं