बसको ठक्करबाट एकको मृत्यु

चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मुग्लिनतबाट काठमाडौँ जाँदै गरेको ग३ख ३२६९ नंको बसले लु५प ६८५६ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बुधबार राति ९ः४५ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका–४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नबीन बुढाथोकीले जानकारी दिए ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।