समाचार

सप्तरीमा तीन लाख रुपैयाँ मूल्य बराबरको मदिरा बरामद

/सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कन्कट्टाबाट करिब तीन लाख रुपैयाँ मूल्य बराबरको अवैध मदिरा प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार बिहान भन्सार छली गरी भारततर्फ लैजादै गरेको अवस्थामा को १ ख १९२७ नम्बरको मिनी ट्रक, स.१ ह.२८५९, स.१ ह.३०८२ र स.१ ह.२७२२ नम्बरको अटो रिक्सामा लोड गरिएको अवस्थामा मदिरा बरामद गरेको हो । चार वटै सवारीका चालकलाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरी र प्रहरी… पुरा पढौ

एक हजार ७०० भन्दा बढी चालकलाई कारवाही

चालू आर्थिक वर्षको ६ महीनामा डडेल्धुरामा एक हजार ७०० भन्दा बढी सवारीसाधनका चालकलाई कारवाही गरिएको छ । जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने मोटरसाइकल, जिप, बस, ट्रक र ट्याक्टरका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेशसिंह नागारीले जानकारी दिए । चालू आवको पुस ३० गतेसम्म ती सवारीसाधनका चालकबाट रु आठ लाख ९३ हजार राजश्व सङ्कलन गरिएको छ । साउनमा २४६, भदौमा २१४, असोज ३३२, कात्तिकमा ३५४, मङ्सिरमा… पुरा पढौ

प्रधानमन्त्रीद्वारा क्रिकेट टोलीलाई बधाई

 प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय टि–२० सिरिज जित्न सफल भएकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।  प्रधानमन्त्री ओलीले ट्विीटरमार्फत शुभकामना तथा बधाई दिँदै तेस्रो टि–२० खेलमा नेपालले युएईसँग १४ रनले विजय हासिल गरेको थाहा पाउँदा अत्यन्तै खुशी लागेको उल्लेख गरेका छन् । नेपाली क्रिकेटका लागि टि–२० सिरिज जित्नु अर्को ठूलो सफलता भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ट्विीटरमा लेखेका छन्, ‘नेपाली क्रिकेटका लागि यो अर्को ठूलो सफलता हो, नेपाली… पुरा पढौ

नगर प्रमुख थापाविरुद्धको रिट खारेज

दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाविरुद्ध गरिएको रिट उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले आइतबार खारेज गरेको छ ।  अदालतका मुख्य न्यायाधीश पवनकुमार शर्माको एकल इजलासले रिट खारेज गरेको थापाका तर्फबाट बहसमा सहभागी अधिवक्ता गङ्गाराम पाध्यायले जानकारी दिए । रिट निवेदकले उल्लेख गरेका कुराको प्रमाण नपुगेकाले रिट खारेज भएको अदालत स्रोतले जनाएको छ । विसं २०७४ असार १४ गते भएको सो नगरपालिकाको निर्वाचनको मतगणनामा धाँधली भएको भन्दै थापाविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार… पुरा पढौ

गगन थापा जंगिए ! प्रधानमन्त्रीलाई भने – अब हामी तपाईलाई आश्चर्यमा पार्छौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत काम विरुद्ध सडक र सदन सर्घंष गर्ने चेतावनी दिएको छ। चिकित्सा शिक्षा सुधार लगायतका विषयमा आफुहरुले उठाएको मागलाई दुईतिहाईको दम्भ र अंहकारबाट मिच्ने काम गरेको भन्दै कांग्रेसले सरकारका गतल काम विरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी दिएको हो। प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका सांसद गगन थापाले सरकारका गलत काम विरुद्ध आश्चर्यजनक ढंगले प्रतिकारमा उत्रने बताएका हुन्। संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्दा सरकारले… पुरा पढौ

राज्यविहीनता हुन नदिने सिद्दान्तका आधारमा विधिको निर्माण गर्न जरुरी

नागरिकता प्राप्त गरेकाहरुको छोरा छोरिको हकमा राज्यले नागरिकताबाट बन्चित गरि मौलिक अधिकारबाट बन्चित गरेको एक कार्यक्रमका सहभागिहरुले आरोप लगाएका छन् । नेपाल एक्रा एजुकेशनल फाउण्डेशनले आयोजना गरेको नागरिकता समस्य र चुनौतिक विषयक कार्यक्रममा बोल्दै अधिवक्ता विश्वजीत तिवारीले नागरिकता नेपालको जटिल मुद्दा भएको बताउदै विशेषगरी खुला सिमानाको कारण भारत र नेपालमा आवतजावत, बसाइसराइले ल्याएको यो समस्याको समाधान सतही पाराले खोजेर नहुने बताए । थर्ड एलायन्सका उप प्रादेशीक प्रमुख आलम खानले, नेपालमा… पुरा पढौ

सरकार विरुद्ध चितवनमा शक्ति प्रदर्शन

नेकपा नेतृत्वको सरकारले गरेका पछिल्ला राजनीतिक गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस चितवनले आज विरोध प्रदर्शन गर्दैछ । सरकारको कार्यशैली निरंकुश र अलोकतान्त्रिक भएको भन्दै प्रदर्शनको आयोजना गरिएको नेपाल बिध्यार्थी संघ बिरेन्द्र बहुमुखी क्यामपस ईकाईका अध्यक्ष अनमाेल अधिकारीले बताए । मध्यान्ह १२ बजेबाट हुने बिराेध प्रदशन चौबिसकोठीबाट विरोध निकालिने छ । -याली लाइन्सचोक–सहिद चोक हुँदै पुल चोकमा गएर सभामा परिणत हुनेछ । सभालाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम… पुरा पढौ

लो–घेकर गाउपालिकाले बुझायो डिपिआर

उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउपालिकाद्धारा जिल्लाका प्रदेश सांसदहरुलाई सोमबार डिपिआर प्रतिबेदन हस्तान्तरण गरेको छ ।गाउपालिकाले अधि सारेका प्रमुख प्राथमिकरणका आयोजनालाई पूरा गर्न नसक्ने भएपछि संघीय तथा प्रदेश सांसद टोलीलाई यसबारे अवगत गराएको हो । गाउपालिकाले आफ््नो १० दिने लामो अध्ययन–अवलोेकन भ्रमण सकेर जिल्ला फर्किने क्रममा सांसद टोलीलाई पोखरामा एक कार्यक्रम गरी डिपिआर प्रतिबेदन बुझाएको हो ।न्यू प्लान ईन्जिनीयरिङ सर्भिस प्रालि काठमान्डौले तयार पारेको डिपिआर प्रतिबेदन गाउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले… पुरा पढौ

भारतमा रेल दुर्घटना, ६ जनाको मृत्यु

भारतीय पूर्वी राज्य बिहारमा आइतबार बिहान भएको रेल दुर्घटनामा परी छ जनाको मृत्यु भएको रेल अधिकारीले जनाएका छन् । सो घटनामा परी अन्य चार जना गम्भीर घाइते भएका छन् । त्यसैगरी सात जना सामान्य घाइते भएका पनि अधिकारीले जनाएका छन् । दुर्घटनामा परेका पीडितहरुलाई भारत सरकारले आर्थिक सहयोगका कार्यक्रमहरु घोषणा गरेको बताइएको छ । दुर्घटनामा मृत्यु भएकाको परिवारलाई पाँच लाख भारतीय रुपैयाँ, गम्भीर घाइतेलाई एक लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार दिने… पुरा पढौ

“को बन्छ लखपति”को पहिलो अडिसनवाट ५६ जना छनोट

कालिका मिडियाले आयोजना गरेको बौद्धिक क्षमताको रोमाञ्चकारी खेल “को बन्छ लखपति”को कलेज चरणको आईतवार पहिलो अडिसनवाट ५६ जना स्टुडियो राउन्डका लागी छनोट भएका छन् । आज भएको पहिलो अडिसनमा श्री मेडिकल एण्ड टेक्नीकल कलेल गोन्द्राङवाट ५६ जना छनोट भएका हुन् । अहिले नारायणी नमूना मावि भरतपूरमा अडिसन चलिरहेको छ ।यसअघि १४ वटा कलेजमा भएको अडिसनबाट २७४ बिद्यार्थी स्टुडीयो राउण्डको लागी छनोटमा परिसकेका छन । अडिसन पछि सजिलै संग नगद रू… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं