“को बन्छ लखपति”कोअडिसनवाट ४९ जना छनोट

कालिका मिडियाले सुरु गरेको बौद्धिक क्षमताको रोमाञ्चकारी खेल “को बन्छ लखपति”को आजको पहिलो अडिसनवाट ४९ जना स्टुडीयो राउन्डका लागि छनोट भएका छन् । भरतपुरमा रहेको अर्किड कलेजमा भएको पहिलो अडिसनवाट ४९ जना छनोट भएका हुन् ।

दिउँसो २ वजेपछि भने गुरुकुल कलेजमा अडिसन हुने छ । यसअघि १८ वटा कलेजमा भएको अडिसनबाट ४ सय ३८ बिद्यार्थी स्टुडीयो राउण्डको लागी छनोटमा भईसकेका छन् । । अडिसन पछि सजिलै संग नगद रू १ लाख सम्म जित्न सकिले भएकाले समेत अडिसनमा बिद्यार्थीहरुको उत्साहाजनक सहभागीता रहेको छ ।

कार्यक्रमको टाईटल स्पोन्सरमा मेट्स ईन्टरनेशनल रहेको छ भने एसोसियट्स पार्टनरमा एमाहा एफ एस रहेको छ ।

यसै गरी प्रायोजक तथा सहयोगी संस्थमहरुमा सेन्ट्रल कलेज, कबिलास रिसोर्ट एण्ड फन पार्क, फेसबुक कम्प्युटर सप्लायर्स, परिवर्तन मालिस तेल, न्यु सन्सार टेलरिङ एण्ड सर्टिङ सुटिङ र चितवन साउण्ड सर्भिस रहेका छन् ।