जाग्गा विवादले २ युवाले कुटे १ वृद्धलाई

बाटो बनाउँदा त्यसमा पर्ने जग्गाको विषयमा भएको विवादमा पोखरा ३३ तिक्लाङका चूडामणि पौडेल कुटिएका छन् ।

तिक्लाङमा बाटो निर्माणबारे शनिबार बसेको बैठक सकिएपछि जग्गाको विषयमा विवाद हुँदा ३४ वर्षीय शिव बानिया र पदम खत्रीले मिलेर ५८ वर्षीय चूडामणिलाई कुटेको कास्कीका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।
कुटपिटबाट घाइते चूडामणिको नमस्ते अस्पताल विरौटमा उपचार भएको छ भने कुटपिट गर्ने २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।