जोमसोम–कोरला’ ग्राभेल सडक चालु आर्थिक वर्षमा सम्पन्न हुने

उत्तर–दक्षिण जोड््ने व्यापारीकमार्ग बिस्तारित आयोजना अन्तर्गतको जोमसोम–कोरला ग्राभेल सडक बिस्तारकार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने जनाईएको छ ।प्रदेश नम्बर ४ कै आर्थिक समृद्धिको मुख्य ढोका बनेको बहुचर्चित कोरला राष्ट्रिय शाखा राजमार्गको दुरी जोमसोम देखि कोरला सम्म १ सय १० किलोमिटर छ ।त्यस्तै बेनी–जोमसोम सडकखण्ड ७४ किलोमिटर छ ।


दुईलेनको ग्राभेल सडक बिस्तार हुदै गरेको उक्त सडकको स्तरोन्नति २०७४ सालबाट सुरु गरिएको हो ।करिडोर सडकले यहा ९० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।यसअघि उक्त सडकको छोसेर–कोरला १६ किलोमिटर सडकको अन्तिम प्याकेज गत असार मशान्तमै करिडोरलाई हस्तान्तर भईसकेको छ ।कुल ७ खण्डमा काम भईरहेको जोमसोम–कोरला सडक हिउँदयामको चिसोले प्रभावित भएको थियो ।यहाँ पुस महिनाअघिनै सडकको काम चिसोका कारण स्थगित भएको करिडोर सडकका आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए ।

उनका अनुसार जोमसोम झैते ५२ किलोमिटर र झैते कोरला सडक ५८ किलोमिटर छ ।उक्त सडकको ७ प्याकेज मध्ये १ सम्पन्न भएको ,बाकी ५ खण्डमा ९० प्रतिशत प्रगति भएको करिडोरले उल्लेख गरेको छ ।तर,प्याकेज ४ अन्तर्गत चैले देखि झैते सम्मको १२ किलोमिटरक्षेत्रको समर–भियनामा कडा चट््टाने पहाडका कारण ठोस उपलब्धी हुन नसकेको आयोजना प्रमुख अधिकारी बताए ।


समर गाउ माथि पर्ने करिव २ किलोमिटर लामो कडा चट््टाने पहाड रहेको सडक स्तरोन्नति गर्न कठिनाई भएको छ । उक्त स्थानको सडकलाई फराकिलो र थप स्तरोन्नतिका लागि करिडोर सडकले हालै रक्षा मन्त्रालय मार्फत ब्लास्टिङका लागि अनुमति प्राप्त गरेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए । समर देखि भियना सम्म पर्ने चट््टाने भीर काट््न नेपाली सेनाले सुरक्षा निगरानी दिने उनले बताए ।उक्त स्थान उपल्लो मुस्ताङ पुग्ने सर्बभन्दा जोखिम स्थानका रुपमा लिने गरिन्छ ।यहा सवारी साधन आवत जावतका लागि कठिनाई भईरहने र छोटो मोडका कारण समस्या पर्ने गरेको छ ।भीरको चट््टान फोर्न करिडोरका मजदुरलाई आवश्यक तालिम उपलब्ध गराई सडक फराकिलो बनाईने अधिकारीले जनाए ।उनले उक्त कार्य आगामी बैशाख अघिनै सुरु हुने जानकारी दिए ।

जोमसोम–कोरला सडकको सबै भन्दा जोखिम सडकको रुपमा रहेको समर भियना सडकखण्डको सहज स्थानमा बाहेका उक्त स्थानमा कुनै काम थालिएको थिएन ।सजिलो ठाउमा काम गरेर प्रगति देखाई भुक्तानीले ठेकेदारको रवैयाका कारण समर भीरको काम अघि बढ््न नसकेको स्थानीयवासी बताउछन्् ।चैले देखि भियना सम्मको १२ किलोमिटर सडक निर्माणको जिम्मा कञ्चनजंघा लामा बिल्डर्स बिरुवा जेभीले लिएको हो ।उक्त कन्सट्रक्सनले समरको भीर फोर्ने काम बैशाखमा सुरु गर्ने आयोजना प्रमुख अधिकारीको भनाई छ ।

‘मजदुर सबै घर फर्किएका छन््,भीर फोर्न फायरिङका सामाग्री पू¥याउँँर्दै छौ,’उनले भने,‘बैशाखबाट काम सुरु हुनेछ ,आगामी आर्थिक वर्षमा उपल्लो मुस्ताङ जाने सवारी साधनलाई सहज हुनेगरी काम थाल्छौ ।‘चिसो मौसमका कारण जोमसोम–कोरला सडकको काम यतिबेला पुरै रोकिएको छ । करिव १ हजार बढी मजदुरले काम गरेको उक्त सडकमा गर्मीयाम सुरु हुन साथ मजदुर फर्किनसाथ काम अघि बढाईने उनले बताए ।

तल्लो मुस्ताङमा कालोपत्रे तैयारी

बेनी–जोमसोम सडकखण्ड अन्र्तगत तल्लो मुस्ताङमा बैशाख महिनामा कालोपत्रे गरिने भएको छ ।करिडोरले मुस्ताङको लेते देखि जोमसोम सम्मको करिव ४० किलोमिटर सडकलाई कालोपत्रे गर्ने तैयारी गरेको हो ।करिडोरका ईन्जिनीयर जगत प्रजापतिका अनुसार मुस्ताङको तल्लोखण्डमा कालोपत्रेको परीक्षण गर्दै अन्य स्थानको कालोपत्रे योजना बनाईने जानकारी दिए ।

करिडोरले लेते देखि जोमसोम सम्मको सडकमा ग्राभेल गर्ने कार्य अन्तिम चरणमा पू¥याएको छ ।बेनी–जोमसोम सडकखण्डमा समग्रमा ४५ प्रतिशत कामको प्रगति भएको ईन्जिनीयर प्रजापतिले बताए ।म्याग्दीको अन्नपूर्ण गाउपालिकाको काभ्रेभीर र महभीरको चट््टान कटिङ गर्ने काम भईरहेको उनले जनाए ।बेनी–जोमसोम सडकखण्डलाई ४ प्याकेजमा काम भईरहेको छ ।काभ्रेभीर,दाना ,महभीर र घाँसा आदी स्थानमा सडक फराकिलो पार्न रिटेरिङवाल तथा ग्याबिन लगाउने कार्य गरिएको छ ।

यहा हिउदयाम मुस्ताङ जाने सवारी न्यून हुने भएकाले जोमसोम जाने सवारीलाई समय तालिका मिलाईएको हो ।‘ हिउँदयाम मुस्ताङमा कम पर्यटक जान्छन्् ।कागलाई तिब्र गति दिन समय मिलाएका हौ,’ईन्जिनीयर प्रजापतिले भने,‘पर्यटकलाई दुख दिने उद्देश्य होईन ।वर्षायाम काम सवारी फलोका कारण काम बाधा पुग्छ ।’

बेनी–जोमसोम सडकमा हाल करिव १५ सय मजदुरले काम गरिरहेको र करिव दुई दर्जन मेशिन प्रयोग भईरहेको ईन्जिनीयर प्रजापतिले जानकारी दिए ।मुस्ताङमा समथर भुभाग भएको र नदी डाईभर्सन गदै काम गर्न सजिलो भएकाले कामको प्रगति भएको हो भने,म्याग्दी खण्डमा वर्षायाममा पहिरो जाने ,जमिन भाँसिने र सडक डाईभर्सन गर्न नमिल्ने भएकाले अप्ठ््यारो परेको ईन्जिनीयर प्रजापतिको भनाई छ ।