क्यान इम्फोटेकमा सूचना प्रविधि संग्रहालय

पोखरामा हुने गण्डकी प्रदेश स्तरीय भायानेट क्यान इम्फोटेकमा यसपालि केही नवीन आकर्षण राखिने भएको छ । मेलामा सूचना प्रविधि संग्रहालय राहनेछ भने सूचना प्रविधिबारे दैनिक सेमिनार हुने छन् ।

१० औं संस्करणको मेलासम्म आइपुग्दा सूचना, प्रविधिको विकास क्रमबारे नयाँ पुस्तालाई जानकारी दिन संग्रहालयको व्यवस्था गर्न लागिएको हो । संग्रहालय सित्तैमा हेर्न पाइनेछ । संग्रहालयमा अहिले प्रचलनमा नरहेका कम्प्युटर, टाइपराइटर, नेटवकिङ, टेलिकम्युनिकेसन लगायतका उपकरण प्रदर्शन गरिनेछ ।

संग्रहालयले सूचना, प्रविधिमा भएको तीव्र विकास र अहिलेका अवसर र चुनौतीसमेत बुझ्न सघाउने मेलाका संग्रहालय व्यवस्थापन संयोजक सुनील पाण्डेले जानकारी दिए । नयाँ पुस्तालाई ज्ञान सिकाउने यो अभियानलाई सघाउन आफूसँग भएका पुराना सूचना, प्रविधिसँग सम्बन्धित विद्युतीय उपकरण हस्तान्तरण गर्नसमेत संयोजक पाण्डेले अनुरोध गरे । उनले भने, “त्यसरी हस्तान्तरण गरिएका सामग्री नामसहित प्रदर्शनीमा राखिनेछ ।”

१० औं संस्करणको भायानेट क्यान इन्फोटेक २०१९ फागुन १८ देखि २४ गतेसम्म हुँदै छ । यसपालिदेखि प्रदेशस्तरमा सञ्चालन हुने मेला पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा हुनेछ ।