सिर्जना सहित्य सदनमा टेकनाथ पीडित

सिर्जना साहित्य सदनको आठौं अधिवेशनबाट टेकनाथ ‘पीडित’ अध्यक्षमा सर्वसम्मत भएका छन् । उपाध्यक्षमा एकदत्त लम्साल, सचिवमा पदम नेपाल, सहसचिवमा राधिका लम्साल, कोषाध्यक्षमा टीकाराम लम्साल एवम् सदस्यहरुमा भानुभक्त अविरल, मेनका पोखरेल, शोभामोहन लम्साल, पार्वती पोखरेल, नरबहादुर कार्की, शिवप्रसाद पोखरेल, राधिका जिसी, शशि अधिकारी र राम नेपाली छन् ।

अधिवेशनपछि बसेको नयाँ कार्यसमितिको प्रथम बैठकले ७ सदस्यीय सल्लाहाकार समिति चयन गरेको छ । मनोनीत सल्लाहकारमा महेश्वर पोखरेल, सूर्यप्रसाद लम्साल, रविलाल पोखरेल, हरिश्चन्द्र लम्साल, छविलाल आचार्य, मेष बहादुर गुरुङ र वेदनिधि दवाडी छन् ।