नेपाली सेनामा कार्यरत एक जवान लागु औषधसहित प्रक्राउ

नेपाली सेनामा कार्यरत एक जवान अवैध लागुऔषधसहित प्रक्राउ परेका छन् । प्रक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका घर भएका ऐकन्द्र शाही रहेका छन् । शाहीलाई काठमाडौ महानगरपालिकाको वडा नम्बर–२६ स्थित सगरमाथा गेष्ट हाउसबाट खैरो हेरोइनसहित प्रक्राउ गरिएको हो ।

उनी हाल नेपाली सेनाको ललितपुरस्थित ब्यारेकमा कार्यरत रहेका छन् । शाहीको साथबाट २२ ग्राम खैरो हेरोइन र उनीसँगै कैलालीका कृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।शाहीसँगै लागुऔषध कारोबारमा संलग्न रहेको बताइएको छ । दुबै जनालाई प्रक्राउ गरी प्रहरी अनुसन्धान अगाडी बढाएको छ ।