झापाको मेचीनगर नगरपालिका–१५ स्थित ज्यामिरगढीमा मंगलबारबिहान कोदालोको पासोले हानेर एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
घरायसी विवादमा ३५ बर्षीय लेखिन्द्र राजवंशीले आफ्नी श्रीमती ३४ बर्षीया चम्पली राजवंशीलाई कोदालोको पासाले हानेर हत्या गरेका हुन् । श्रीमानले हानेको कोदालोको पासोले लागेर चम्पलीको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।
आरोपी लेखिन्द्रलाई मंगलबारै प्रहरीले पक्राउ गरेको छ । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।






