समाचार

एक महिलाले गरिन् पुरुषको हत्या, फ्रिजमा राखिन् भित्री अगं

एजेन्सी । सुन्दैमा अचम्म लाग्ने एउटा आश्चर्यजनक घटना सार्वजनिक भएको छ। एक बृद्धाले आफ्नो घरको भाडामा बस्ने पूरुषको हत्या गरी स-साना टुक्राहरु पारेर कसैलाई थाहा नहोस् भन्नका लागि प्लाष्टिकको झोला मार्फत जताततै छरपष्ट पारेर फालिन् भने केही अंगहरु उनकै भान्छा कोठाको फ्रिजमा पनि राखिन्। बाहिर प्लाष्टिकमा फ्याँकिएका अंगहरु कुकूरले यताउता लगेको देखेपछि सो घटना बाहिर आएको हो। त्यसपछि महिलाका सन्तानले हराएका पूरुषका अंगहरु आफ्नै फ्रिजमा भेटेपछि प्रहरीलाई खबर गरेका थिए।… पुरा पढौ

नेम्वाङको निधनमा शोक मनाउन स्थानीय तहमा सार्वजनिक बिदा

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख अमरकुमार नेम्वाङको निधनमा शोक मनाउन आज पाँचथरका सबै स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाका सात गाउँपालिका र एक नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाका फालेलुङ, याङवरक, हिलिहाङ, फाल्गुनन्द, कुम्मायक, तुम्बेवा र मिक्लाजुङ गाउँपालिका तथा फिदिम नगरपालिकाले सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् । नेम्वाङको निधनले जिल्लालाई अपुरणीय क्षति पुगेका कारण शोक मनाउन बिदा दिने निर्णय गरिएको हिलिहाङ गाँउपालिकाका प्रमुख भुवानीप्रसाद लिङ्देनले जानकारी दिए। गत… पुरा पढौ

बलिवुड अभिनेत्रीहरु जसले विदेशीसँग गरे विवाह

बलिवुडमा अहिले अभिनेता अभिनेत्रीहरुले धमाधम विवाह गरिरहेका छन् । हालै अभिनेत्री प्रियंका चोपडा, अनुष्का शर्मा दीपिका पदुकोनेले विवाह गरेका छन् । यस रिपोर्टमा हामीले विदेशीसँग विवाह गरेका केहि बलिवुड अभिनेत्रीहरुको चर्चा गर्दै छौ । विदेशीसँग विवाह गर्ने अभिनेत्रीमा प्रियंका चोपडाले अमेरिकी गायक तथा अभिनेता निक जोनससँग २०१८ मा विवाह गरेकी छन् । उनले भारतको राजस्थानमा प्रियंका र निकक ओविवः भएको थियो । त्यस्तै बलिवुड अभिनेत्री सलिना जेटलीले पनि विदेशीसँग सन् २०११… पुरा पढौ

मेक्सिको सीमामा पर्खाल लगाउने अभियानमा ट्रम्प

आप्रवासीहरुप्रति आक्रमक बनिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लामो समयदेखि मेक्सिकोको सिमानामा पर्खाल लगाउने अभियानमा निरन्तर लागि परेका छन् । मेक्सिको लगायतका देशहरुबढि आप्रवासी बढि भित्रिएपछि उनले यसबारेमा संसदमा पनि प्रस्ताव राखेका थिए । उनको प्रस्तावमा धेरैले असन्तुष्टी जनाएका थिए तथापी उनले यो अडान भने कायमै राखेका थिए । उनले पर्खाल बनाउनका लागि बजेट बिनियोजन नहुन्जेलसम्म संघीय कार्यालयमा कामकाज नै ठप्प पार्ने चेतावनी दिएका थिए । यसैबीच मेक्सिकोको सिमानामा पर्खाल लगाउने… पुरा पढौ

नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार

नेपालमै इन्सास र एम–१६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ । गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने योजनासहित सेनाले नेपालमै इन्सास र एम–१६ राइफलमा प्रयोग हुने ५.५६ एमएम गोली उत्पादनमा सहयोग गर्न भारतसमक्ष प्रस्ताव राखेको थियो ।उच्च स्रोतले दिएको जानकारीअनुसार सेनाले द्विपक्षीय औपचारिक तथा अनौपचारिक वार्ता र छलफलका क्रममा एसएलआर, इन्सास र एम–१६ राइफलका लागि चाहिने गोलीगठ्ठा उत्पादनमा सहयोग मागेको थियो… पुरा पढौ

ओली-प्रचण्डबीच मनमुटाव भएपछि एकता प्रक्रिया लम्बियो

नेपाल कम्युनिस्ट पार्टीभित्र राजनीतिक प्रतिवेदनको खोजी शुरु भएको छ । स्थायी समिति बैठकमा अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित प्रकाशित गर्ने निर्णय गरेको एक महिना बितिसक्दा पनि राजनीतिक प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । गत मंसिर २९ गतेबाट शुरु भएको स्थायी समितिको बैठक पुस ९ गते सकिएको थियो । बैठकले अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन परिमार्जन गर्न सुझाव दिएको थियो । सुझावलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले स्वीकार… पुरा पढौ

कर्णाली प्रदेश सरकारले किसानलाई पेन्सन

कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि किसान निवृत्तिभरण (पेन्सन) कार्यक्रम सुरु गर्ने भएको छ । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चालू आवमा विनियोजित एक करोड बजेटको सीमाभित्र किसानलाई पेन्सन वितरण गर्ने भएको छ । प्रदेश सरकारले चालू आवको बजेटमा कृषकलाई प्रोत्साहन गरी कृषि उत्पादन बढाउने उद्देश्यका साथ किसान पेन्सन कार्यक्रमका लागि बजेट विनियोजन गरेको हो । कृषिमन्त्री विमला केसीले किसान पेन्सन कार्यक्रमको कार्यविधि निर्माणका साथै प्रभावकारी ढङ्गले कार्यक्रम सञ्चालन गर्ने सन्दर्भमा… पुरा पढौ

पोखरा ३३ मा मेलमिलाप केन्द्र

पोखरा ३३ भरतपोखरीमा मंगलबारदेखि मेलमिलाप केन्द्र सञ्चालनमा आएको छ । पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले केन्द्रको उद्घाटन गर्दै वडास्तरमा न्यायिक सेवा प्रदान गर्ने लक्ष्य सफल हुने बताइन् । उपप्रमुख गुरुङले मेलमिलाप केन्द्र सञ्चालनमा ल्याइएको बताउँदै कुनै पनि आग्रह पूर्वाग्रहमा नलागी मध्यस्तकर्ताले मेलमिलापको वातावरण तयार गर्नुपर्ने धारणा राखिन् । पोखरा ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले मध्यस्तकर्ता जिम्मेवार नबन्दासम्म न्यायिक सेवा प्रभावकारी नबन्नेमा जोड दिँदै प्रत्येकले आफ्नो जिम्मेवारीलाई… पुरा पढौ

सामान्य प्रशासन मन्त्रालयविरुद्ध धेरै उजुरी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका निकायमा सबैभन्दा बढी भ्रष्टाचारका उजुरी पर्ने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको तथ्यांकमा उक्त मन्त्रालयविरुद्ध भ्रष्टाचारकाधेरै उजुरी दर्ता हुने गरेको देखिएको हो । आयोगको पोखरा कार्यालयमाआर्थिक वर्ष २०७५÷७६ को माघ २६ गतेसम्म मन्त्रालयगत उजुरी संख्या५सय ९४ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मात्र २सय १७ उजुरी परेको देखिएको छ । दोस्रो स्थानमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा १ सय… पुरा पढौ

हत्या अभियुक्त पक्रन सिसि क्यामेरा बन्यो सहयोगी

लेकसाइडमा १४ वर्षीय बालक सचिन सिंजालिको घाँटी रेटेर हत्या आरोपिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पर्वत जिल्ला मल्लाज बस्ने २१ बेनी काले भनिने वर्षिय कुमार गर्बुजाले हत्या गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मलेन गरेर हत्यारा सार्वजनिक गरेको हो । प्रहरीले अभियुक्त कुमार गर्बुजाको व्यवहार हेरेर र सिसि क्यामेरा फुटेजबाट पक्राउ गरेको हो ।लेकसाइड क्षेत्रमा सिसि क्यामेरा जडान गर्ने स्काइ लिंक का संचालक राजेन्द्र तिवारी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं