समाचार

ट्याक्टर दुर्घटना, २ जनाको मृत्यु

विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।  ध१च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो।  नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  ट्याक्टरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए। पुरा पढौ

इलाम बजारबाट तराई जोड्ने द्रूतमार्ग खुल्याे

इलाम बजारबाट तराई जोड्ने द्रूतमार्ग खुलेको छ। द्रूतमार्ग बनेपछि मेची राजमार्ग हुँदै तराई पुग्ने दूरी ३९ किलोमिटर छोटिएको छ। मेची राजमार्गबाट झापाको विर्तामोडको दूरी ८६ किलोमिटर रहेकामा नयाँ सडक खुलेपछि ४७ किलोमिटरमै विर्तामोड पुग्न सकिन्छ। इलाम नगरपालिका–९ को गोलाखर्क भञ्ज्याङ, भाङटार, राकसे हुँदै बेलासे पुग्ने १० किलोमिटर नयाँ मार्ग खुलेसँगै इलाम बजारबाट झापा पुग्न सर्वसाधारणलाई सहज भएको हो। गतवर्ष निर्वाचन पूर्वाधार विकास कार्यक्रममार्फत रु १४ लाख ५५ हजार र जिल्ला समन्वय… पुरा पढौ

पाक्लिङ र कागबेनीका दलीत समूदायलाई बाख्रा बितरण

मुस्ताङको वारागुङ मूक्तिक्षेत्र गाउपालिका वडा नम्बर ४ कागबेनी र पाक्लिङका गरिव तथा बिपन्न दलित समूदायलाई गाउपालिकाले बाख्रा बितरण गरेको छ ।गाउपालिकामा रहेका गरिब तथा बिपन्न समूदयको जिवन स्तर उकास्दै उनीहरुमा उद्यमशिलताको बिकास गर्ने उद्देश्यले उक्त वडाका ८ घरधुरी दलित समूदायलाई बाख्रा बितरण गरिएको प्रमूख प्रशासकीय अधिकृत दिपक रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार चालु आर्थिक वर्षको बिनियोजित बजेट मार्फत वडा नम्बर ४ का बिपन्न दलित समूदायलाई २ लाख ८८ हजार… पुरा पढौ

वृद्धाश्रमलाई कलवार समाजको सहयोग

कलवार कल्याणकारी सेवा समाज कास्कीले पोखरा वृद्धाश्रमलाई सहयोग गरेको छ । समाजको स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई आर्थिक सहयोगसहित वृद्धवृद्धालाई समाजले खाना खुवाएको छ । संस्थाका अध्यक्ष दिनेशप्रसाद चौधरी, निवर्तमान अध्यक्ष रामआधारप्रसाद गुप्ता, वरिष्ठ उपाध्यक्ष सुरेशप्रसाद चौधरी, महासचिव अशोकप्रसाद चौधरी र समाजको युवा समितिले सदस्यले मंगलबार वृद्धाश्रममै पुगेर सहयोग गरेका हुन् । समाजले वृद्धाश्रम परिसरमा वृद्धारोपणसमेत गरेको छ । तराइको बारा, पर्सा, रौतहट, सुनसरी लगायतका जिल्लामा कलवार जातिको बसोबास छ ।… पुरा पढौ

बार निर्वाचन लागि प्रगतिशील समूहको प्यानल घोषणा

नेपाल बार एशोसिएशनको आगामी चैत १६ गते हुने २५औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि प्रगतिशील, पेशागत तथा समावेशी समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको अध्यक्षता उम्मेदवारी घोषणा गरेको छ । समूहको केन्द्रीय चुनाव प्रचारप्रसार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा सो समूहको उम्मेदवारी घोषणा गरेको हो । उपाध्यक्षमा अधिवक्ता रक्षा बस्याल (महिला), सात प्रदेशबाट एक/एक उपाध्यक्षमा प्रदेश–१ बाट मानबहादुर रुम्दाली, प्रदेश २ बाट अधिवक्ता रामचन्द्र सिंह, प्रदेश ३ बाट ईश्वरीप्रसाद भट्टराई, प्रदेश ४ बाट… पुरा पढौ

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

ताप्लेजुङ सदरमुकाम फुङलिङमा मंगलबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना भने गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा इलामको देउमाई नगरपालिका वडा नं १ की २२ वर्षिय सृजना गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।  गम्भिर घाइते भएका चालक पाथीभरा याङ्वरक गाउँपालिका वडा नं १ नाङ्खोल्याङ निवासी २६ वर्षीय अमिर वर्देवाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि अन्यत्र रेफर गरिएको छ… पुरा पढौ

भारतीय गायक सोनु निगम ,अस्पतालमा भर्ना,,

भारतीय गायक सोनु निगम थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । एउटा गितको भिडियो सुटिङका लागि नेपाल आएका उनी ढाडमा अत्यधिक पीडा भएपछि मंगलबार दिउँसो पोखराबाट काठमाडौँ आएर साढे एक बजे अस्पताल भर्ना भएका हुन् । उनको रक्तजाँच तथा एक्स रे गरिएको र एमआरआई गर्ने तयारी भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ भने डा. पंकज जलान, डा. प्रवीण नेपाललगायतको टिमले… पुरा पढौ

भारतले आक्रमण गरे जवाफ दिने पाकिस्तानी प्रधानमन्त्री खानको चेतावनी

१४ फेब्रुअरीमा भारत प्रशासित कश्मिरको पुलवामा जिल्लामा सीआरपीएफमाथि भएको आतंकवादी आक्रमणमा परी ४० भारतीय जवानको मृत्युभएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पहिलो पटक प्रतिक्रिया दिएका छन्। भारतले उक्त आक्रमणकालागि सिधै पाकिस्तानलाई जिम्मेवार ठहर्याएको थियो। यो आक्रमणको जिम्मा पाकिस्तानस्थित आतंकवादी संगठन जैश–ए–मोहम्मदले दिएको थियो। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भनेका छन्, ‘विना कुनै प्रमाण पाकिस्तानमाथि आरोप लगाइएको छ। पाकिस्तानका लागि साउदी राजकुमारको भ्रमण निकै महत्वपूर्ण थियो। जब पाकिस्तान स्थायित्वकातर्फ अगाडि बढिरहेका बेला हामी… पुरा पढौ

अमेरिकामा गोली लागेर चार व्यक्तिको मृत्यु

अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ । सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । मिचिगन राज्यको उत्तरी भागमा पर्ने केन्ट काउन्टीमा यो घटना भएको हो । अधिकारीहरुले थप विवरण दिन अस्विकार गरेका छन् । उनीहरुले सर्वसाधारणलाई भने यसबाट कुनै खतरा नरहेको बताएका छन् । गोली हान्नेलाई नछाडिने… पुरा पढौ

बलात्कारपछि हत्या गर्ने अभियुक्त प्रक्राउ

धनुषामा एक सुस्तमनस्थितीकी ११  बर्षीया बालिका रेश्मा रसाइलीको बलात्कारपछि हत्या गर्ने अभियुक्त प्रक्राउ परेका छन् । प्रक्राउ परेका अभियुक्त बटेश्वर गाउँपालिका–४ बैगाली टोलका २२ वर्षीय निरज जर्घा मगर रहेका छन् । आज मंगलबार प्रहरी निरजलाई सार्वजनिक गरेको हो । प्रहरीको संयुक्त टोलीले घटनाको चार दिनपछि सोमबार साँझ भारततर्फ जान लागेको अवस्थामा निरजलाई पक्राउ गरेको थियो । अभियुक्त निरज लागूऔषध सेवनकर्ता र अपराधिक गतिविधिमा समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं