समाचार

कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबुलकार

कास्कीको वीरेठाँटीदेखी मुक्तिनाथसम्म विश्वकै लामो केबुलकार निर्माण हुने भएको छ।  मुक्तिनाथ दर्शन प्रा. लिलाई केबुलकार निर्माणका लागि लगानी बोर्ड नेपालले अनुमति समेत दिइसकेको मंगलबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले जानकारी दिएको छ।  नेपालको इतिहासमै, नेपाली निजी क्षेत्रको मात्र जारी पूँजी लगानीमा निर्माण हुन लागेको मुक्तिनाथ केवुलकार परियोजनामा आइडिया फर नेपालले पनि लगानी गर्ने सहमति भएको विज्ञप्तिमा भनिएको छ। कास्कीको बीरेठाँटीदेखि मुक्तिनाथ मन्दिरसम्म निर्माण गर्ने भनिएको केवुलकार ८४.१ किलोमिटर लामो हुनेछ। त्यसमा… पुरा पढौ

एकान्तकुनामा प्रधानमन्त्री ओलीद्वारा ‘पानीजहाज’ कार्यालय उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । बिहीबार बिहान आयोजित एक समारोहबीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानीजहाज कुदाउने दावी गरे । सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने बताउँदै उनले नेपाल जस्तो भूपरिवेष्ठित देशका लागि यो… पुरा पढौ

बिद्यार्थीहरुले बनाएको गाडी मलेसियामा प्रर्दशन हुदैँ

नेपालमा नै बिद्यार्थीहरुले गाडी बनाएका छन् । काठमाडौ विश्वविद्यालयको अटोमोवाईल्स विभागमा अध्ययनरत विद्यार्थीहरुले सो गाडी बनाएका हुन् । उक्त गाडी मलेसियामा हुने सेल ईको म्याराथुन एसिया २०१९ मा प्रर्दशन हुने छ । नेपालमा तयार भएको गाडी अन्तराष्ट्रियस्तरमा प्रर्दशन गर्न पाउनु ठुलो गौरवको बिषय भएको मेकानिकल इन्जिनियर विजेन्द्र श्रेष्ठले बताए । उनले भने ‘विद्यार्थीहरुले तयार गरेको गाडीलाई अन्तराष्ट्रियस्तरमा देखाउन पाउनु नेपाल र नेपालीका लागि गौरवको विषय हो ।’ ‘विद्यार्थीहरुले अध्ययन मात्रै… पुरा पढौ

विमानस्थलमा सामान जफत प्रकरण :रेखाले बुझाईन ध्यानार्कषण पत्र

बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुबाट सामानहरु जफत गरिन थालेपछि नायिका रेखा थापाले सरकारको उक्त कामको कडा शब्दमा आलोचना गरेकी छिन् । बैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरुले मापदण्ड बिपरित बढि परिमाणमा सामानहरु ल्याएपछि मादक पदार्थ , मोबाईल , कम्प्युटर , लत्ता कपडा लगायतका सामानहरु विमानस्थलका भन्सार कार्यलयले सामान धमाधम जफत गर्न थालेको थियो । उक्त कामको आलोचना गर्दे रेखा थापाले उक्त निर्णय तुरुन्त सच्याउन माग गर्दे खाडी लगायतका देशमा रगत पसिना बगाएका श्रमिकहरुको… पुरा पढौ

आज फेब्रुअरी १४प्रेम दिवस मनाइदै

 आज प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे फेब्रुअरी १४ गते विश्वभर नै भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइने गरिएको छ। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको सहादतसँग सम्बन्धित छ। तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले युवा प्रेम र विवाहतिर लागे सैनिक सेवा प्रभावित हुन्छन् भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्ध भन्थे। उनको बुझाइ थियो । अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन्। त्यसैले… पुरा पढौ

विकास निर्माणमा सेना मूल ठेकेदार

 आइतबार अपराह्न मकवानपुरको सिस्नेरीस्थित सेनाको क्याम्पभन्दा करिब एक किलोमिटर दूरीको छालाटारस्थित अनकन्टार भिर खोल्न दुई स्काभेटर सक्रिय थिए ।  साइट इन्चार्ज यदुवंश अधिकारी स्काभेटरचालकलाई जोगिएर काम गर्न निर्देशन दिँदै थिए । पहाड फोर्नु जोखिमपूर्ण रहेको बताउँदै उनले सुनाए, ‘हामी मोतीदान कन्स्ट्रक्सनका कर्मचारी हौँ । गत वैशाखदेखि निरन्तर पहाड फोड्दै आएका छौँ । हामीमातहत मात्रै ४० भन्दा धेरै कामदार कार्यरत छन् । उनीहरूमध्ये कोही ड्रिलिङमा संलग्न छन्, कोही स्काभेटर चलाउँछन् ।… पुरा पढौ

आज देशका अधिकांश स्थानमा मेघगर्जनसहित पानी पर्ने

 केहि दिनदेखि सुधार भएको मौसममा फेरि बदली आएको छ । अबको केही दिन देशभरकै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।  पश्चिमी वायुको प्रभावले अहिले पूर्व बाहेक अन्य भूभागको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसो पछि बदली हुनेछ । बिहीबार देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने उनको अनुमान छ… पुरा पढौ

गोली हानेर समाते बलात्कारका अभियुक्तलाई

 हत्कडीसहित अदालत परिसरबाट भागेका एक बलात्कार अभियुक्तलाई प्रहरीले गोली हानेर समातेको छ । अदालतबाटै फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । बलात्कारको अभियोगमा सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिका २३ वर्षीय दिल्प दमाई मंगलबार दिउँसो कैलाली जिल्ला अदालत परिसरबाट हतकडी सहित फरार भएका थिए । ईलाका प्रहरी कार्यालय लम्कीमा थुनामा रहेका दमाईलाई म्याद थपका लागि सोमबार धनगढी ल्याइएको थियो । उनलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली… पुरा पढौ

कञ्चनपुरका एसपीको सुरुवा , के निर्मला हत्या अनुसन्धान प्रभावित होला ?

प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी उपरीक्षक (एसपी)  को सरुवा गरेको छ । जसमा कञ्चनपुरका एसपी कुवेर कडायत पनि रहेका छन् ।  कडायतले हाल कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गरिरहेका थिए। उनका सरुवाले सो अनुसन्धान पनि प्रभावित हुने आशंका गरिएको छ । उनको स्थानमा यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत दिनेश आचार्यलाई पठाइएको छ भने कडायतलाई पहरा गण, सामाखुसी पठाइएको छ । कडायतको सरुवाले निर्मलाको… पुरा पढौ

७५ वर्षीया बृद्धा कोठा भाडा तिर्न नसकेपछि स्कुलको चर्पीमा बस्दै

सरस्वती आधारभुत विद्यालयको चर्पीमा बस्दै आएका जमुना सुनार र उनका नाति । सुत्ने कोठाको छानो प्वाल परेर पानी चुहिन्छ । भुईमा एउटै विस्तारा छ । दायाँ र बायाँ दुई नावालक नातीलाई च्यापेर ७५ वर्षीया जमुना सुनारलाई हिउँदको चिसोमा रात कटाउन मुस्किल छ । कोठा भाडा तिर्ने पैसा नभएपछि बेनपा २ ज्यामरुककोटकी जमुना अहिले बगरफाँटको सरस्वति आधारभुत विद्यालयको शौचालयमा बस्दै आएका छन् । बुवा र आमाले नै दोस्रो बिवाह गरेर वेपत्ता… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं