बलात्कारपछि हत्या गर्ने अभियुक्त प्रक्राउ

धनुषामा एक सुस्तमनस्थितीकी ११  बर्षीया बालिका रेश्मा रसाइलीको बलात्कारपछि हत्या गर्ने अभियुक्त प्रक्राउ परेका छन् ।

प्रक्राउ परेका अभियुक्त बटेश्वर गाउँपालिका–४ बैगाली टोलका २२ वर्षीय निरज जर्घा मगर रहेका छन् । आज मंगलबार प्रहरी निरजलाई सार्वजनिक गरेको हो । प्रहरीको संयुक्त टोलीले घटनाको चार दिनपछि सोमबार साँझ भारततर्फ जान लागेको अवस्थामा निरजलाई पक्राउ गरेको थियो ।

अभियुक्त निरज लागूऔषध सेवनकर्ता र अपराधिक गतिविधिमा समेत संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । गाउँकै बिवाहमा नाचिरहेकी बालिकालाई खानेकुरा किनेर नजिकैको खेतमा लगेर बलात्कार गरी हत्या गरेको र अपराध लुकाउन शवलाई जलाएको प्रहरीको भनाई छ । बालिका मिथिला नगरपालिका–३ हरिहरपुरको मगरटोलकी देव नारायण रसाइलीकी छोरी हुन् । उनी कक्षा २ मा पढ्दै गरेकी थिईन् ।